विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ८ लाख नाघ्यो, कुन देशमा कति ?

ByLumbini Darpan Online

६ भाद्र २०७७, शनिबार १०:५१ ६ भाद्र २०७७, शनिबार १०:५१ ६ भाद्र २०७७, शनिबार १०:५१

लुदअ भदौ ६, काठमाण्डौ
विश्वमा कोरोनाका कारण ८ लाख भन्दा धेरैको ज्यान गएको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ३ हजार ३ सय ७४ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ ।

विश्वमा अहिलेसम्म २ करोड ३१ लाख ३० हजार ४ सय भन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ५७ लाख २२ हजार ७ सय भन्दा धेरै उपचारपछि निको भएका छन् ।

कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ५७ लाख ९६ हजार भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने एक लाख ७९ हजार २ सय जनाको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा ३५ लाख ३६ हजार ४ सय भन्दा धेरै सङ्क्रमित छन् भने भारतमा अहिलेसम्म २९ लाख ७९ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । भारतमा कोरोनाका कारण ५५ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *