
लुदअ कपिलवस्तु, भदौ ८
कपिलवस्तुमा दुई पत्रकार सहीत कोभिड १९ थप २० जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या १ हजार ६५ पुगेको छ । मंगलवार पुष्टी भएका संक्रमित सबै तौलिहवाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलवार पुष्टी भएकामा प्रेस युनियन कपिलस्तुका जिल्ला सभापति तथा एभीन्युज र अन्नपुर्ण पोस्टका संवाददाता गोपाल भण्डारी, एनटिभीका संवाददाता संक्रमित भएका छन ।
यससंगैं जिल्लामा ६ पत्रकार संक्रमित भएका छन । जस मध्ये ४ जना निको भई घर फर्र्की सकेको छन । २ सरकारी शिक्षक र एक बोडिङ स्कुलका शिक्षक, बिद्यतुका २ कर्मचारी, मालपोतका कर्मचारी एक, मायादेबी गाउपालिका वडा नम्बर १ का वडा सचिव, कांंग्रेस महासमिति सदस्य संक्रमित भएका छन ।
यस्तै किराना पसल एक, एउटै मेडीकल पसलका दुई, सशस्त्र प्रहरी खुनुवा एक, ईन्जीनियर एक, महाराजगंज नगरपालिकाका एक कर्मचारी, सुनचादी पसलका एक जना तथा ३ जना समुदायस्तरका रहेको संक्रमति भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । गत भदौ ३ गते बुद्धपदम मावि देखि सन्कलन गरिएको १७३ नमुना मध्ये २० पोजेटिभ १ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।