मायादेवी गाउँपालिकाले मुख्य चोक बजारमा बिषार्दी छर्कदै ।

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी।

अहिले देशभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सन्त्रास फैलिरहेको बेला मायादेवी गाउँपालिका, पकडी ,कपिलवस्तुले रोगको संक्रमण आउन नदिनको लागि विषादी छर्किने कार्य शुरु गरेको छ ।

सरसफाइको कमिले किटाणुबाट हुन सक्ने विभिन्न किसिमका रोग बाट बच्नका लागि मायादेवी गाउँपालिकाको मुख्य चोक बजार पकडीमा विषादी छर्ने कार्यको शुरुवात गरेको छ । गाउँ गाउँमा सरसफाई गराई गाउँपालिका भित्र किटाणु र लामखुट्टे बाट हुने विभिन्न रोगको नियन्त्रणका लागि बिषादी छर्ने काम सुरु गरिएको स्वास्थ्य शाखा संयोजक महेन्द्र यादवले जानकारी दिएका छन् । कोरोना भाइरसबाट बच्न यस अघि गाउँपालिकाले बिभिन्न वार्डहरुमा गइ मास्क बितरण तथा साबुन पानीले हात धुने अभियान संचालन गरेको थियो । कोरोना भाइरस बाट सुरक्षित हुनका लागि सबै समुदायले लकडाउनको पुर्णरुपमा पालन गरी भीडभाडमा नगई घरमै सुरक्षित रहन मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले अनुरोध गरेका छन् । यसै गरी मायादेवी गाउँपालिका वार्ड नं ३ फुलिकाले आज बरगदवामा हात धुनका लागी साबुन बितरण गरेको छ ।


प्रकाशित : २०७६ चैत्र १७, सोमबार १४:१३