कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो, थप १ जनाको ज्यान गयो

ByLumbini Darpan Online

२५ भाद्र २०७७, बिहीबार ११:४७ २५ भाद्र २०७७, बिहीबार ११:४७ २५ भाद्र २०७७, बिहीबार ११:४७

लुदअ कपिलवस्तु, भदौ २५

कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृगौला र उच्च रक्तचापका बिरामी कपिलवस्तुका नगरपालिका वडा नम्बर ५ का २९ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले कपिलस्तुले जनाएको छ । बिरामी भए पछि उपचारका लागि काठमाण्डौको शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते मृतकमा कोरान पुष्टी भएको थियो ।

उनको उपचारको क्रममा बुधवार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । मृतक लेबर काम गर्ने गर्थै । यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ६ पुगेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *