कोरोनाका कारण भारतीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको ज्यान गयो

[sharethis-inline-buttons]

लुदअ असोज ८, काठमाण्डौ
भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि एम्स अस्पतालमा भर्ना गरिएका ६५ वर्षका मन्त्री अङ्गडीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्गडीको निधनबारे जानकारी दिँदै ट्वीट गर्नुभएको छ ।


प्रकाशित : २०७७ आश्विन ८, बिहीबार ०३:२७