चरा संकटमा , जगदिशपुर तालमा डुङ्गा संचालनको हिसाव पारदर्शी नभएको स्थानियको गुनासो

लुदस, कपिलवस्तु
कपिलवस्तुको विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर ताल मा गत वर्ष डुङ्गा संचालनको रकम पारदर्शी नभएको गुनासो बढेको छ ।
जैविक, विविधता, चराचुरुङ्गी, माछा, र सरिसृपमा असर पर्ने भन्दै चौतर्फि विरोधका वाबजुत केहि टाठाबाठाले स्थानियहरुलाई आर्थिक र पर्यटनको संभावना देखाउदै डुङ्गा संचालन गरेको रकम हालसंम्म सार्वजनिक नभएको स्थानियको गुनासो छ ।

 

यसवर्ष पनी तालमा डुङ्गा संचालनका लागि भन्दै २०८० साल सम्मका लागि न्युनतम १० लाखमा ठेक्का आह्वान गरिएको छ । यसवर्ष डुङ्गा संचालनका लागि आन्तरिक पर्यटकका लागि ४ सय प्रति घण्टा, विदेशीका लागि ५०० भ्यु टावर १० लगाएत पिक्नीक स्पोर्ट तथा पार्किङ्ग शुल्क समेत तय गरि ठेक्का आह्वान गरिएको छ ।

वातावरणीय प्रभाव मुल्याङ्गन विनै तालमा ठेक्का अवहान गरिएको र मनपरी गरेको स्थानियको आरोप छ ।

दुई वर्ष अघिदेखि तालमा डुङ्गा संचालन भएको हो गतवर्ष १० लाखमा ठेक्का लगाईएको थियो त्यो भन्दा अगाडी २०७५ सालमा ठेक्काको रकम वडा नं ९ का वडा अध्यक्षको व्यातिगत खातामा राखिएको थियो ।

कहाँ गयो के भयो कसैलाई थाहा छैन् एक व्याक्तिले नाम नबताउने शर्तमा भने वडा अध्यक्षले रकम दुरुपयोग गरे । कपिलवस्तु नगरपालिका ९ युवा विजय यादवले तालमा बहुसरोकारका नाममा विभिन्न निकायबाट पैसा आउछ समिति र दुई वडाका वडा अध्यक्ष मिलेर मिलाउछन् के गर्छन । कसैलाई थाहा नभएको गुनासो व्यक्त गरे ।

यता वडा नं ९ का वडा शिव वाग्लेले शुरुमा रकम राख्ने कोहि नभएपछी आफुले आफ्नो नाममा राखेको र हिसाव समेत सार्वजनिक गरेको बताए । उता वर्षेनी तालमा डुङ्गा संचालन गर्दा मानविय अतिक्रमण बढ्ने र चराचुरुङ्गी , र जैविक विविधतामा समेत हस आउने चराविद डा. हेम सागर बरालले बताए ।

डुङ्गामा मानविय आगमन बढ्दा विदेशी चराहरुको आगमन र बसाई र उनिहरुको चहलपहल मा समस्या भएको र ताल चराकै कारण विश्वमा समेत परिचित हुँदा वर्षेनी चरा अध्ययनकै लागि अष्टेलियन विधार्थीहरु समेत आउने कपिलवस्तु पत्रकार महाँसघका पुर्व अध्यक्ष मनोज पौडेलले बताए ।

उनले चराकै कारण ताल विश्वमै परिचित भैरहेको बेला यसको सौदर्य बचाईराख्नुपर्ने बताए । उनी लामो समयदेखि चराका क्षेत्रमा अब्बल रिर्पोटिङ्ग गर्दै आएका छन् । तालको जिम्मा पाएको जगदिशपुर जलाशाय बहुसरोकार मन्चका अध्यक्ष ललित गुरुङ्गले लकडाउनका कारण सवै रकम नउठेको , केहि डुङ्गा मर्मतमा खर्च भएको र रकमको सार्वजनिक गरिएको बताए । उन्ले तालबाट माटो निकाल्दा मात्र आई ई.ई अर्थात वातावरणिय प्रभाव मुल्याङ्गन गर्नुपर्ने बताएपनी तालभित्र लगाईएको यस प्रकारको ठेक्कामा वातावरणिय प्रभाव मुल्याङ्गन गर्नुपर्ने प्रावधान छ । .

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *