
मोहन बेल्वासे, तौलिहवा
कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेको मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण फेला परेपछी सिल गरिएको छ ।
कार्यालय प्रमुख रिषिराम पौडेलका मालपोतमा कार्यरत एकजना कर्मचारी तिनदिन अघि विरामी परेको र उपचारका लागि बुटवलमा कोरोना पोजेटिभ पुष्टि भएपछी विभाग र प्रमुख जिल्ला अधिकारी को निर्देशनमा ३० गते सम्मलाई सुचना टाँस गरि बन्द गरिएको जानकारी गराए ।
बुटवल उपचारमा जाँदा कार्यालयकै गाडी प्रयोग भएको र डाइभर सहित अन्य कर्मचारी समेत रहेको हुदा आज सुचना निकालेर बन्द गरिएको बताए । उनले अन्य कर्मचारी पनि पत्यक्ष संम्पर्कमा रहेको र आफु सहित सवैको पिसिआर रिपोर्ट परिक्षण गरिने र अन्यको रिपोर्ट नआउदा सम्मको लागि कार्यालय सिल रहने जनाइएको छ ।
आफुले समेत अझै चेक नगराईसकेको र अव परिक्षण गराएर सेवा दिने बताए ।
मालपोत कार्यालयमा सामान्य अवस्थामा जस्तै भिडाभाड हुने गरेको थियो । कार्यालयले एक सुचना निकाल्दै मालपोत बन्द रहेको जानकारी गराएको हो । यसरी एकाएक कार्यालय बन्द भएपछी सयौ सेवाग्राही गेटबाटै फर्कन परेको थियो ।

