ताजा अपडेट

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वडा नं. ७ ले २७ व्यवसायी महिलालाई बाँड्यो सिलाई मेसिन, महिला भन्छन् ‘अब त गरिखान्छौँ’

लुम्बिनी दर्पण २०७७ कार्तिक २६, बुधबार १३:१६
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, कात्तिक २६

जनता र युगको आवश्यकता अनुसार विकासका कामलाई अगाडि बढाउँदै आएको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ वडा कार्यालयले फेरी प्रभावकारी महिला लक्षित कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी महिलाहरुको तथ्यांक अनुसार वास्तविक रुपमा ब्यवसाय गरी बसेका २७ जना महिलाहरुलाई सिलाई मेसिन वितरण गरेको वडाकार्यालयले जनाएको छ । यस भन्दा लक्षित वर्गअन्तर्गत बिभिन्न तालिमहरु प्रदान गरिँदै आए पनि तालिममा मात्र सिमित भई परिणाम खासै नआएको भन्दै यस वर्ष प्रोत्साहन स्वरुप सिलाई मेसिन नै वितरण गरिएको वडाध्यक्ष बिष्णु गिरीले जानकारी दिएका छन् ।

आर्थिक बर्ष २०७७/७८ को योजनामध्ये महिला लक्षित कार्यक्रम मध्ये सोहि शिर्षकका लागि छुट्याईएको ३ लाख ५० हजार बजेटबाट उक्त मेसिन वितरण गरिएको वडा सचिव कृष्ण खनालले जानकारी दिएका छन् ।

वडाध्यक्ष गिरिले भौतिक विकास निर्माणले मात्र वडा संमृद्ध नहुने भन्दै वडावासीको जिवनस्तरमा प्रभावकारी टेवा पुग्ने खालका लक्षित कार्यक्रममा जोड दिइएको बताए । उनले पहिलो चरणमा छुटेका सिलाई बुनाई तालिम लिएका, सीप सिक्न नसकेका महिलाहरुलाई आगामि योजनानमा समावेश गरी दोश्रो चरणमा पुनः मेसिन बाँडिने उनले प्रतिवद्धता व्यक्त गरे । वडाध्यक्ष गिरीले यस बर्ष पनि विगतका बर्षमा जस्तै १० वटा योजना सम्पन्न गरिसकिएको र लक्षित वर्गका कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन भईरहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य विमला घिमिरे, विशिष्ट अतिथि संविधान सभा सदस्य बलराम अधिकारी, वडा सदस्य, टोल विकास समितिका अध्यक्ष, संचारकर्मी लगायतको उपस्थितीमा महिलाहरुलाई सिलाई मेसिन वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य घिमिरेले वडाले प्रदान गरेका मेसिनलाई आयआर्जनको श्रोत बनाउन दिदीबहिनीहरुलाई आग्रह गरीन् । उनले वडाले गरेका हरेक लक्षित वर्गका काम निकै प्रभावकारी भएको भन्दै महिलालाई आत्म निर्भर बन्न सहयोग पुग्ने विश्वास ब्यक्त गरीन् । राष्ट्रिय सभा सदस्य घिमिरेले संविधानमा महिला अधिकार सुनिश्चित भएकाले महिलाहरु अब घरमा मात्र नभएर राजनीतिदेखि हरेक क्षेत्रको नेतृत्वमा पुग्नुपर्ने सुझाव पनि दिईन् ।

विशिष्ट अतिथि संविधान सभा सदस्य बलराम अधिकारीले वडाले दिएका मेसिनको सदुपयोग गरी आत्म निर्भर बन्न सुझाव दिंदै सरकारको उदेश्य पनि जनतालाई आत्मनिर्भर र स्वरोजगार बनाउने रहेकोले वडा पनि त्यसतर्फ लागिरहेको उनको भनाई छ ।

अकोरावका जिल्ला अध्यक्ष चन्द्रकान्त न्यौपानेले सिप हुने ब्यक्ति कहिल्यै भोकै बस्न नपर्ने बताए । सिकेको सिपलाई आय आर्जनमा लगाउँदा स्वाबलम्बी बन्न सकिने हुँदा मेसिनको अधिकतम प्रयोग गरी व्यवसायी बन्न उहाँको आग्रह छ ।

सिलाई मेसिन पाएपछि महिलाहरु खुसी व्यक्त गर्दै वडाकार्यालयलाई धन्यवाद दिएका थिए ।

यसअघि पनि वडाले महिला लक्षित कार्यक्रम अन्तर्गत सुत्केरीको लागि पौष्टिक आहार प्रदान, स्वास्थ्य स्वयम् सेविका तथा वाल विकास अध्यापन गराउने महिलाहरुको लागि साइकल वितरण लगायतका कार्यक्रम गर्दै आएको छ ।

वडाध्यक्ष गिरीको अध्यक्षता, वडाका जनप्रतिनिधि, सम्पुर्ण टोल विकास संस्थाका अध्यक्ष, वडावासी, सञ्चारकर्मी लगायतको आतिथ्यता, वडा सदस्य साबित्री थारुको स्वागत मन्तब्य तथा वडा सचिव कृष्ण खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ कार्तिक २६, बुधबार १३:१६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि
  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

भर्खरै

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech