Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

ईलाका प्रहरी पिपरामा बलात्कार अभियुक्तले गरे आत्महत्या (घट्ना यसरी घट्यो)

हरि आचार्य कपिलवस्तु, चैत २० 

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले लकडाउन घोषणा गरेको समयमा कपिलवस्तुको वाणगंगामा मा आत्महत्या गर्नेको संख्या बढिरहेको छ । बाहिर आत्महत्या गरेका घट्नाहरु बाहिर आएपनि हिरासतमै कैदीले आत्महत्या गरेको कमै मात्रामा सुनिन्थ्यो । तर कपिलवस्तुको ईलाका प्रहरी कार्यालय पिपराको हिरासत कक्षमा एक जनाले आत्महत्या गरेका छन् । छोरीलाई बलात्कार गरेको आरोपमा वाणगंगा नगरपालिका वडा नं ८ ढोडेकोलका अभियुक्तले आत्महत्या गरेका हुन् । छोरी बलात्कारको आरोप लागेपछि ती व्यक्तिलाई गत फाल्गुण २३ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान चलाएको थियो । आरोपित ती पुरुषलाई इलाका प्रहरी कार्यालय पिपराले जिल्ला अदालतबाट म्याद थप गर्दै अनुसन्धान गरेको बताईरहेको बेला आत्महत्या गरेको घट्ना घटेका गोप्य स्रोतले बताएको छ ।

घट्ना यसरी भयो 
वुधवार राती प्रहरी कार्यालयको अटैच वाथरुम सहितको सौचालयको भेन्टीलेटरमा तत्ना प्रयोग गरेर आत्म हत्या गरेका हुन् । कोरना भाईरसको सन्त्रासका विच प्रहरी डिउटीमा खटीएका वखत अभियुक्तले आत्महत्या गरेको प्रहरी निरिक्षक आयुष प्रसाद जोसिले जानकारी दिएका छन् । प्रहरी हिरासतमा रहेका वन्दीहरु रातीको समयमा प्रहरी कार्यालय भित्रकै शौचालय प्रयोग गर्ने र डिउटी गर्ने प्रहरी प्राय वाहिरी भागमा रहने भएकोले उक्त घटना विहान मात्र सार्वजनिक भएको हो । अर्का एक जना थुनुवा शौचालय जान खोज्दा ढोका नखुलेको भन्दै थुनुवाले प्रहरीलाई जानकारी गराएपछि घटना वाहिर आएको हो ।

अनुसन्धान हुंदै
ईलाकामा घटना भएकोले सो घटनाको चेकजाँच र अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय तौलीहवावाट प्रहरी नायव उपरिक्षक सुनिल मल्लको नेतृत्वमा टोली आईपुगेको छ । अनुसन्धान भईरहेको जिल्ला प्रहरी कपिलवस्तुले जनाएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *