इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक : राष्ट्रसंघ

[sharethis-inline-buttons]

लुदअ मंसिर १४, काठमाण्डौ
इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ ।

इथियोपियामा नोभेम्बर ४ देखि सुरु भएको द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् ।

इथियोपियाको टाइग्रेमा लगातार झडप हुँदै आएको र झडपका कारण हजारौँ इथियोपियाली नागरिक सुडान प्रवेश गरेका हुन् ।

इथियोपियाको द्वन्द्वग्रस्त टाइग्रेबाट सुडान आएका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले बताउनुभयो ।

राष्ट्र संघका शरणार्थी मामिला उच्च आयुक्त ग्रान्डीेले इथियोपिया–सुडान सीमा क्षेत्रबाट कम्तीमा ८० किलोमिटर टाढा रहेको शिविरमा शरणार्थीको भीड लाग्दा उनीहरूलाई खाद्यान्न र कपडालगायतका अति(आवश्यक सामग्रीको व्यवस्थापनका लागि रकम आवश्यक परेको उल्लेख गर्नुभएको छ ।


प्रकाशित : २०७७ मंसिर १४, आईतवार ०१:२९