सिनर्जी सहकारीको १३ औँ साधारण सभा : संस्थाका क्रियाकलाप एक्सिस ब्राण्ड तर्फ अगाडि बढ्दै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, मंसिर १४
लुम्बिनी प्रदेश सहकारी संघका सदस्य एवम् जिल्ला सहकारी संघ कपिलवस्तुका उपाध्यक्ष तेज प्रसाद आचार्यले सहकारीको भूमिका बदलिएको तर्क गर्दै आफ्ना सदस्यको उत्पादन र बजारीकरण सहकारीको प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् । सिनर्जी बचत तथा ऋण सहकारी संस्था लि. को जितपुरमा शुक्रबार आयोजित १३ वार्षिक साधारण सभाको उद्घाटन गर्दै आचार्यले यस्तो धारणा राखेका हुन् ।
साधारण सभामा संस्थाले अघि सारेका नीति तथा कार्यक्रमका बारेमा जानकारी दिदै अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले संस्थालाई शुसाशनको नमुना बनाउदै एक्सिस ब्राण्ड तर्फ संस्थाले आफ्ना क्रियाकलाप अघि सारेको स्पष्ट पारे । अध्यक्ष बेल्बासेले सरकारले अघि सारेको सहकारी मर्जरको नीतिलाई साधारण सभा मार्फत निष्कर्षमा पु¥याउने बताए ।

साधारण सभामा कोषाध्यक्ष चिरन्जीवि पन्थ,लेखा समिति सदस्य बसन्त खनाल, बनगाई कलस्टर संयोजक काशिराम दमासे, ओदारी कलस्टर संयोजक धिरेन्द्र अधिकारी, बनगाई कलस्टरका सदस्य भक्तिराम शर्मा, महिला उद्यमी प्रवद्धन उपसमिति सदस्य विष्णु मल्ल भट्टराई लगायतले मन्तब्य राखेका थिए ।
सभामा बोल्ने बक्ताहरुले सदस्यहरुको सिपको विकास, सिकाईको आद्रान प्रदान, नमुना योग्य कार्य तर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । त्यस्तै अन्तराष्ट्रिय मापदण्डको एक्सिस ब्राण्डको सफलतामा समेत जोड दिदै सदस्यको आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा उदाहरणिय कार्य गर्ने विश्वास ब्यक्त गरेको थिए ।
साधारण सभा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता, संचालक समिति सदस्य विष्णु प्रसाद न्यौपानेको स्वागत मन्तब्य र उपाध्यक्ष कूलराज पौडेलको धन्यवाद मन्तब्य र सचिव कृष्ण पाण्डेको संचालनमा भएको ब्यवस्थापक दिनामणी खनालले जानकारी दिए ।

विश्वभर फैलिएको कोरोना भाईरस कोभिड १९ को संकरमणले असहज भएको अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी सुरक्षा मापदण्डको पूर्णरुपमा पालना गर्दै, भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागको मिति २०७७ साल असोज १ गतेको पत्र संख्या २०७७÷०७८, चलानी नं. २०२ सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना एवम् संस्थाको कोभिड १९ संगै साधारण सभा सम्बन्धी जारी कार्यविधी बमोजिम मिति २०७७ साल मंसिर १२ गते देखी मंसिर २७ गते सम्म १३ औं वार्षिक साधारण सभा संचालन हुने संस्थाले जनाएको छ ।
२०६४ श्रावणबाट सेवा प्रारम्भ गरेको सहकारीमा हाल ४ हजार ६ शेयर सदस्य रहेका छन् । सहकारीले आ.व. २०७६÷०७६ मा १८ प्रतिशत लाभान्श वितरण गरेको र आ.व. २०७६। ०७७ मा २ अर्व ६२ करोडको कारोवार गरेकोे सहकारीका ऋण प्रमुख ईश्वर राज न्यौपानेले बताए ।


प्रकाशित : २०७७ मंसिर १४, आईतवार ०१:३८