लायन्स र लियो क्लवको रक्तदान कार्यक्रम, २ प्लाज्मा सहित ५० प्वाईन्ट रगत संकलन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिलवस्तु, मंसिर २०

लायन्स क्लव अफ कपिलवस्तु, लियो क्लव अफ कपिलवस्तु तथा लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीको संयुक्त आयोजनामा वृहत रक्तदान तथा मेडिकल वेड हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटि बाणगंगा उपशाखाको कार्यालयमा पहिलो पटक सम्पन्न कार्यक्रममा दुई प्लाज्मा सहित ५० प्वाईन्ट रगत संकलन भएको कार्यक्रम संयोजक लायन्स क्लव अफ कपिलवस्तुका कोषाध्यक्ष सागर घिमिरेले जानकारी दिएका छन् । उनले यस्ता मानवीय कार्य आगामी दिनमा पनि गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै लियो क्लव अफ कपिलवस्तुका तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सागर बन्जाडेले निकै सक्रियतापुर्वक रक्तदान कार्यक्रम सम्पन्न बताए ।

सोहि क्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरेले पहिलो पटक रक्तदान गरेका छन् । उनले पहिलो पटक रक्तदान गर्ने क्रममा कोरोना संक्रमितलाई प्लाज्मा सहयोग गर्न पाउँदा गर्वको महशुस भएको भन्दै रक्तदानमा सहयोग पु¥याउने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमका अध्यक्ष समेत रहेका घिमिरेले एक पोका रगतले कसैको जीवन बचाउन सकिने भएकाले मानव जिवनका लागि रक्तदान अत्यन्तै महत्वपुर्ण रहेको बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि लायन्स ईन्टरनेश्नल ३२५ बि टु का रणनितिक प्रमुख एम.जे.एफ.लायन नवराज न्यौपानेले विगत देखिनै लायन्स क्लवले यस्ता सामाजिक, मानवीय र उदाहरणिय कार्य गर्दै आएकोले आगामि दिनमा पनि गर्दै जाने बताए । उनले लायन्स क्लव अफ कपिलवस्तुले पनि निकै प्रशंसनिय काम गरेको भन्दै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रम मार्फत लायन्स क्लव अफ कपिलवस्तुले नेपाल रेडक्रस सोसाईटी बाणगंगा उपशाखालाई ३ वटा मेडिकल वेड हस्तान्त्रण गरेको छ । जन्म दिनको अवसर पारी लायन शान्तराज गैरे, राम प्रसाद भुसाल, धुर्व पाण्डे, गिरिराज कंडेल, शोभाखर पराजुली र केशव सापकोटाको सौजन्यमा मेडिकल वेड हस्तान्त्रण गरिएको हो । मेडिकल वेड ग्रहण गर्दै रेडक्रस सोसाईटी बाणगंगा उपशाखाका मन्त्री कृष्ण अधिकारीले लायन्स क्वलको उदाहरणिय कार्य प्रति धन्यवाद प्रकट गरेका थिए ।

मुल्यांकन प्रमुख बिनोद खरेलको विशिष्ट अतिथ्यता, लायन्स क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण केसी, क्लवका निवर्तमान जिल्ला अध्यक्ष कुमार खड्का, लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीका अध्यक्ष लक्ष्मी गैरे, लियो क्लवका अध्यक्ष मदन पौडेल, नेपाल रेडक्रस सोसाईटि वाणगंगा उपशाखाका मन्त्री कृष्ण अधिकारी, रेडक्रस सोसाईटि तौलिहवा शाखाका मन्त्री सन्तोष श्रीवास्तव, लायन्स क्लवका प्रथम उपाध्यक्ष धातानन्द भुसाल, द्धितीय उपाध्यक्ष केशव सापकोटा, तृतीय उपाध्यक्ष राम बहादुर पौडेल क्षेत्री लगायतको आतिथ्यता रहेको थियो । लायन्स क्लव, लायन्स क्लव दिदीबहिनी, लियो क्लवका पदाधीकारी तथा सदस्यहरु, अन्य संघ संस्थाका प्रतिनिधी, सञ्चारकर्मीहरुको उपस्थिती रहेको कार्यक्रम लायन्स क्लवका प्रथम उपाध्यक्ष धातानन्द भुसालको स्वागत मन्तब्य तथा सचिव राम शुभागे थारुको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ मंसिर २०, शनिबार १२:२२