अमेरिकाको क्यालिफोर्निया र सन्फ्रान्सिस्कोमा पुनः लकडाउन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ काठमाण्डौ, २२ मंसिर 
अमेरिकाको क्यालिफोर्नियामा आजबाट लागु हुने गरी ३ साताका लागि लकडाउन घोषणा गरिएको छ ।

कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछी क्यालिफोर्निया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो ।

क्यालिफोर्निया राज्यका गभर्नर न्युजमले लकडाउनको अवधिभर ब्यापार ब्यबसायहरु बन्द हुने जानकारी दिंदै लकडाउनको नियम पालना गर्न सबैमा अपील गर्नुभएको छ ।

यसअघि गत मार्चमा लकडाउन घोषणा गरिएको क्यालिफोर्नियामा लकडाउन खुकुलो हुने बितिकै कोरोना संक्रमितको संख्या बढेपछी राज्य सरकार लकडाउन गर्न बाध्य भएको हो ।

यसैगरी अमेरिकाकै सन्फ्रान्सिस्कोमा पनि आजबाट लागु हुने गरी २ साताका लागि लकडाउन घोषणा गरिएको छ ।

अमेरिकामा बिगत ३ दिनमा २ लाख ३० हजार कोरोना संक्रमित पुष्टी भएको छ एक सातामा दैनि २ हजार बढीको मृत्यु हुने गरेको छ ।


प्रकाशित : २०७७ मंसिर २२, सोमबार ०५:१९