क्रिसमस लगत्तै विश्वमा कोरोनाको संक्रमण दर उच्च रहने फाउसीको चेतावनी

[sharethis-inline-buttons]

लुदअ २३ मंसिर, काठमाडौं
अमेरिकी संक्रमण रोग विशेषज्ञ डा।एन्थोनी फाउसीले क्रिसमस लगत्तै कोरोनाको संक्रमण दर उच्च रहने चेतावनी दिनुभएको छ ।

विश्वका लागि क्रिसमस र नयाँ वर्षको सुरुवात चुनौतीपूर्ण रहने भन्दै सचेत रहन डा फाउसीको अपिल छ ।

उहाँले नयाँ वर्ष र क्रिसमसमा भिडभाड हुने भएकाले कोरोनाको संक्रमण बढ्ने सम्भावना तीव्र रहेको बताउनुभयो ।

अमेरिकामा दैनिक औसत २ लाखका दरले कोरोना संक्रमितहरु रहने गरेकाले यसको दर आगामी दिनमा अझै बढ्ने उहाँको आंकलन छ ।

अमेरिकाको लस एन्जेलसमा क्रिसमस र नयाँ वर्षको पूर्वसन्ध्यामा लकडाउन गर्ने तयारी रहेको जनाउँदै उहाँले अमेरिकी जनता जटिल अवस्थामा रहेको औंल्याउनुभयो ।

यसअघि थ्यांक्सगिभिङ कार्यक्रममा हजारौंको भिडभाडको नतिजा अमेरिकाले भोगिरहेको भन्दै डा।फाउसीले क्रिसमस र नयाँ वर्षमा सचेत रहन अपील गर्नुभएको हो । एजेन्सी


प्रकाशित : २०७७ मंसिर २३, मंगलवार ०२:३८