ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम

लुम्बिनी दर्पण २०७७ मंसिर २७, शनिबार ११:०८
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, मंसिर २७

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु र श्री सद्भाव युवा समाज कतारको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसा भन्ने मुल नाराका साथ स्थापनाकाल देखिनै विभिन्न मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आईरहेको उक्त संस्थाले देशैभर रगतको अभाव भईरहेको समस्यालाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका सभापति गोबिन्दराज पोख्रेलले जानकारी दिए ।

रक्तदान जीवनदान भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै आयोजित कार्यक्रममा कार्यक्रममा सि एण्ड सी अस्पताल चार नम्बर र ब्लड बैंक बुटवलको प्राविधिक सहयोग तथा यस क्षेत्रका विभिन्न व्यवसायी तथा संघ संस्थाले सहआयोजनाको भुमिका निर्वाह गरेका थिए । सभापति पोख्रेलले ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर रक्तदान जीवनदान भन्ने मुल नाराका साथ संस्थाले आयोजना गरेको कार्यक्रममा विदेशमा रहेर पनि सहयोग गर्ने श्री सद्भाव युवा समाज कतारका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरे ।

नेपालीहरुलाई रगतको कारणले कुनै समस्या नपरोस भन्ने उद्देश्यले विदेशमा रहेर पनि यो पुण्डित तथा मानवीय कार्यमा सहयोग गरेको आयोजक संस्था श्री सद्भाव युवा समाज कतारका अध्यक्ष गुणानिधी घिमिरेले बताएका छन् । अध्यक्ष घिमिरेले प्रवासमा रहेर पनि आफ्नो देशका विभिन्न सामाजिक एवम् मानवीय कार्यहरुमा सहयोग गरिरहेको भन्दै क्लवका पदाधिकारी तथा सदस्यहरु प्रति धन्यवाद प्रकट गर्दै गर्व महशुस भएको बताए ।

उनले कार्यक्रममा सहयोग गर्ने यस क्षेत्रका थुप्रै व्यवसायी तथा संघ संस्थाहरुलाई यस विशुद्ध मानवीय सेवामा सहयोग गरेकोमा आभार प्रकट गरे । सभापति पोख्रेलले देशैभर रगतको अभावका कारण कैयौँ मानिस छटपटाईरहेको तथा ज्यानै समेत जाने भएकोले एक पोका रगतले कसैको जीवन बच्ने बताए । उनले आगामि दिनमा रक्तदान जस्तै अन्य सामाजिक र मानवीय कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

 

कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरका नगर प्रमुख मंगल प्रसाद थारुले संस्थाले गरेको कार्य प्रशंसनीय रहेको बताउदै ब्लड बैंक स्थापनाका लागि नगरपालिकाबाट सक्दो प्रयास गर्ने बताए । थारुले रक्तदान जस्तो पवित्र कार्यक्रमको सफलताको शुभकामना दिंदै संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

निकै उत्साहपुर्व र सक्रियता पुर्वक कार्यक्रम सम्पन्न भएको र जम्मा ५२ प्वाईन्ट रगत संकलन भएको कार्यक्रम संयोजक शान्ती समाज तथा मानव अधिकार कपिलवस्तुका सदस्य माधव घिमिरेले जानकारी दिएका छन् । कार्यक्रम संयोजक घिमिरेले रक्तदान गर्दा शरिर कमजोर हुन्छ भन्ने भ्रममा नलाग्न आग्रह गर्दै बरु स्वस्थ हुने बताए ।

सि एण्ड सि अस्पतालका प्रमुख गोपाल घिमिरेले अस्पतालले यस्ता विभिन्न कार्यक्रममा प्राविधिक सहयोग गर्दै आईरहेको र आगामि दिनमा पनि गर्ने प्रतिवद्धता व्यक्त गरे ।

रक्तदाताहरुलाई सु–स्वास्थ्य दिर्घायुको कामना सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

संस्थाका सभापति पोख्रेलको अध्यक्षता, प्रेस संयोजक सागर बेल्बासे, विभिन्न संघ संस्थाका प्रतिनिधी, समाजसेवी, रक्तदाताहरुको उपस्थिती तथा कार्यक्रम संयोजक तथा संस्थाका सदस्य माधव घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ मंसिर २७, शनिबार ११:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech