ताजा अपडेट

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कांग्रेस सभापति देउवा उपस्थित नहुने भएपछि संवैधानिक परिषद् बैठक अनिश्चित

लुम्बिनी दर्पण २०७७ मंसिर २८, आईतवार ०१:५८
[sharethis-inline-buttons]

लुदअ मंसिर २८, काठमाण्डौ
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित भएको छ ।

अस्ति शुक्रबार देउवासँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिषद्को बैठक बोलाउनुभएको थियो । तर हिजो देउवाले आफू पार्टी कार्यक्रमका कारण बैठकमा आउन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई गराउनुभएको छ ।

देउवाले पार्टीको कार्यक्रमले आफू उपस्थित नहुने बताए पनि सत्तारुढ दलभित्रको अन्तरसङ्घर्ष र भागबण्डा नमिल्दा संवैधानिक परिषद्को बैठक अनिश्चित बनेको हो । कांग्रेसले अख्तियार तथा निर्वाचन आयोग र अरु निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने अडान लिएको छ ।

यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाभित्रको विवाद हल नभएसम्म परिषद् बैठकमा नजान देउवासँग आग्रह गरेको बुझिएको छ । यही कारण देउवाले संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने निर्णय लिनुभएको स्रोतले जनाएको छ ।

परिषद् बैठकमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

भागबण्डा नमिल्दा लामो समयदेखि संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त, राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष र ४ आयुक्त, निर्वाचन आयोगमा २ आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र ४ आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र ४ आयुक्तको पद रिक्त छ ।

यस्तै समावेशी आयोगमा अध्यक्ष र ३ आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र ४ आयुक्त, मधेसी आयोगमा ४ आयुक्त, थारू आयोगमा ४ आयुक्त र मुस्लिम आयोगमा ४ आयुक्तको नियुक्ति हुन बाँकी छ ।


प्रकाशित : २०७७ मंसिर २८, आईतवार ०१:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

प्रधानमन्त्रीको भनाइ: स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा वृद्धी गरेको छ

भिजिट भिसामा कडाइ: गन्तव्यमा नपुगी रिटर्न टिकट रद्द गर्न रोक लगाइयो

कुलिङ पिरियड’मा भएको छेडखानी: संसदीय छानबिन समितिका ७ सदस्यको नाम सार्वजनिक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

राप्ती गाउँपालिका, दाङ र तानसेन नगरपालिका, पाल्पाबीच असल अभ्यास आदान–प्रदान कार्यक्रम सम्पन्न

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

नाउपाका मन्त्रीको बर्खास्ती असंवैधानिक र अपमानजनक कदमः अध्यक्ष श्रेष्ठ

गुल्मीमा पहिलो पटक धुर्कोटले गर्यो बालश्रममुक्त पालिका घोषणा

नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र

भर्खरै

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech