
हरि आचार्य
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को जोखिम अझै कायमै छ । यो महामारीका कारण गरिएको लकडाउनले सबै क्षेत्र प्रभावित भए । अझ शैक्षिक क्षेत्र झन थला प¥यो । त्यस माथि व्यक्तिगत लगानिमा सञ्चालन गरिएका कन्सल्टेन्सी धरापमा परे । लकडाउनका कारण कार्यालय बन्द रहेको र आर्थिक क्रियाकलाप नभएकाले घर भाडा तिर्नका लागि कठिनाई उत्पन्न भएको अवस्थामा भाडा समेत छुट गरिदिन समेत माग गरेपनि त्यसको कतै सुनुवाई भएन । कतिपय शैक्षिक संस्था सञ्चालन गर्न नसकेर बन्द गरियो तर कतिपय शैक्षिक संस्था बन्द भएनन् ।
सोहि क्रममा कपिलवस्तु जिल्लामै उत्कृष्ट लुम्बिनी लर्निङ् सेन्टर प्रा.लि. पनि कोरोनाका कारण सिर्जित समस्याबाट गुज्रदै विद्यार्थीहरुको शैक्षिक गुणस्तरियतामा ध्यान दिंदै पठनपाठन सञ्ञ्चालन गरिरहेको छ ।
कोरोना महामारीको संक्रमणमा स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै केहि दिन एस.ई.ई. दिएका विद्यार्थीहरुका लागि ब्रिज कोर्ष र भाषा तयारी कक्षा सञ्चालन गरियो, त्यस पछि करिव ७ महिना कार्यालय बन्द गरेर बस्दाको अवस्था पिडादायि रहेको लुम्बिनी लर्निङ् सेन्टर प्रालिका प्रमुख असिम क्षेत्रीले बताए । उनले बन्दाबन्दीको समयमा कार्यालय सञ्चालन नभएको अवस्थामा त्यसको शुल्क मिनाह गर्न र शुल्क बुझाइसकेका विद्यार्थीको हकमा लकडाउन अवधिको शुल्कबाटै समायोजन गर्ने जस्ता विद्यार्थीको मागलाई सम्बोधन गर्दै शैक्षिक संस्थालाई सञ्चालन गर्न कठिन भईरहेको बताउँछन् । बाणगंगा ४ गजेहडामा प्रधान कार्यालय रहेको उक्त लर्निङ् सेन्टरको चार नम्बर जितपुरमा शाखा कार्यालय सञ्चालन गरिएको छ । शाखा कार्यालयललाई विभिन्न स्थानमा अझ शाखा बृद्धि गर्ने सञ्चालक क्षेत्रीले बताए ।
विक्रम संवत २०७२ सालमा स्थापना गरिएको लुम्बिनी लर्निङ् सेन्टर प्रालिले कोरियन, जापनिज लगायत विभिन्न भाषा, सम्पुर्ण लेवलका ट्युसन कक्षा, सबै कोर्षका कम्प्युटर कक्षा दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा पठनपाठन गराईरहेकोले नतिजा जिल्लामै उत्कृष्ट रहेको त्यहाँ अध्ययनरत विद्यार्थीहरु बताउँछन् ।
प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरुले भरिपुर्ण यस संस्थामा अध्यापन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ ।
प्रमुख क्षेत्रीका अनुसार लकडाउनको समयमा यसै क्षेत्रका कतिपय कन्सल्टेन्सी बन्द भए, कतिपय संस्थाले विद्यार्थीहरुबाट अधिक शुल्क लिए भने लुम्बिनी लर्निङ् सेन्टर प्रालि विद्यार्थीको समस्या र मागलाई सम्बोधन गर्दै अगाडि बढिरहेको छ । उनले लकडाउनमा रोकिएको कोर्षको पुरानै शुल्कमा समायोजन, बाहिरि जिल्लाबाट आएकालाई विशेष छुट, कर्मचारीलाई उचित व्यबस्था, स्वास्थ्य मापदण्को पुर्ण पालना गर्दै शैक्षिक गतिविधि सञ्चालन गरिरहेको बताए । शैक्षिक दक्षता, हाम्रो लक्ष्य भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढेकाले विद्यार्थीको उपस्थिती सक्रिय रहेको बताए ।

