ओली–प्रचण्डबीच अध्यादेशबारे बालुवाटारमा छलफल

लुदअ काठमाडौं, पुस ३
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता र छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ दुई नेताबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

संयोजक सापकोटाले दुई नेताबीच भएको छलफल र विषयबस्तुबारे आफुलाई थाहा नभएको जनाए ।

बालुवाटार स्रोतका अनुसार दुई नेताबीच अध्यादेशकै विषयमा छलफल भएपनि कस्तो सहमति भयो भन्ने खुलेको छैन ।

नेकपामा पुराना विवाद कायमै रहेका बेला अध्यादेश प्रकरण थपिएपछि थप विवाद चुलिएको छ । गत बुधबार बसेको स्थायी समिति बैठकले प्रधानमन्त्रीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश फिर्ता गर्ने भनेपनि फिर्ता गरेका छैनन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *