
लुदअ पुस, काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को प्रचण्ड(माधव समूहको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाइने बताएका छन् ।
बुधबार नयाँ बानेश्वरमा बसेको प्रचण्ड(माधव समूहका सांसदहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चुनेको थियो । बैठकमा मंगलबार मात्र प्रचण्ड(माधव समूहका अध्यक्ष चुनिएका माधवकुमार नेपालले प्रचण्डलाई दलको नेता बनाउने प्रस्ताव गरेका थिए ।

