विजयनगरका आगलागी पिडितलाई कस्ले के बाँडे ? महिला र बालबालिकाको भने छुट्टै पिडा

राम प्रघट कोरी विजयनगर, चैत्र २४ 
कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नंं.१ गुगौलीका आगलागी पिडितहरुलाई हाल अर्थात सोमवारसम्म विभिन्न सरकारी, गैर सरकारी संघ संस्था, राजनीतिक दलहरु अत्याश्यक खाद्यान्न तथा सामग्रीहरु राहत स्वरुप वितरण गरेका छन् ।

गएको २१ गते शुक्रवार अपरह्न ४ बजे आगो लाग्दा खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको थियो । यस दैविक प्रकोपमा सहयोग गरी विभिन्न संघसंस्थाहरु लगायत बधाईका पात्र बनेका छन् । यसरी चौतर्फी सहयोग गरेकाले आगलागी पिडितहरुले दाताहरुलाई धन्यावद दिएका छन् ।

राहत स्वरुप खाद्यान्न तथा दैनिक प्रयोगमा आउने अत्यावश्यक सामग्रीको । विस्तृत रुपमा विवरण यस प्रकार छन् ।

१. विजयनगर गाउँपालिका – प्रतिघरपरिवालाई ५ हजार बराबरको खाद्यान्न , ५० किलो चामल, ५ किलो आलु, तेल, चियापत्ति चिनी र मरमसला ।

२. विरेन्द्र कनोडिया व्यक्तिगत – ९ घरपरिवालाई मात्र , २५ किलो चामल, २ किलो, २ किलो दाल, २ किलो आलु १ किले नुन ।

३. नेपाल तरुणदल कपिलवस्तु, नेविसंघ क्षेत्र नं.१ कपिलवस्तु – १० किलो चामल, ५ किलो चिउरा नुन, तेल

४. नेपाल रेडक्रस सोसाइटी शाखा कपिलवस्तु – २ कम्बल, १ त्रिपाल, बाल्टी डाडु, भाँडा र ड्रेस ।

५. सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपाल –घरपरिवारलाई राहत स्वरुप दैनिक प्रयोगमा आउने कम्बल, किचन कीट, डाइजिनिटी कीट, हाइजिन कीट भाँडाकुडा लगायत सामग्री ।

६. रोट्ररी क्लब डाउनटाउन बुटवल – १ सय ५० किलो चामल, सिरक, डस्ना ।

७. कामना सेवा विकास बैंक चन्द्रौटा शाखा – सिरक, डस्ना, सिरानी, ओछ्यान, च्यादर लगायतका दैनिक प्रयोगमा आउने सामग्री ।

८. जनमोर्चा कपिलवस्तु – रु. ५ सय नगद, २ कटौरा, १ साबुन ।

९. प्रदेश सभा सदस्य अर्जन कुमार केसी – प्रति घरपरिवारलाई ४ हजार बराबरको टीन दिने निर्णय भएको जानकारी ।

यस संकटको घडीमा विभिन्न संघ संस्थाहरुको चेहरा देखिए, सक्दो सहयोग पनि नगरेका होइनन् मुख्य पात्रको भुमिको निर्वाह गरेका छन् । यसरी राहत वितरण गरिरहँदा गर्भवति, सुत्केरी महिला र बालबालिकाहरुलाई ध्यान जना सकेको छैन । गर्भवति र सुत्केरी महिलालाई पौष्टिक आहार आवश्यकता पनि निकै देखिन्छ ।

गर्भवति र सुत्केरी महिलाहरुका लागि गाउँपालिका स्वास्थ्य शाखाले सहयोग गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ । यता लिलावती भरले छुट्टै पिडा व्यक्त गरेकी छन् । उनले श्री सम्पत्ति जलेर नष्ट भयो यस्तो अवस्थामा गर्भवति महिलाका लागि आवश्यक पौष्टिक आहार र पोसिलो खानासमेत नभएको बताईन ।

अर्को तिर बालबालिकाहरुको किताब, कापी, कलम ,चप्पल र डे«स लगायत सम्पूर्ण समान जलेको हुँदा अध्ययन कसरी गर्ने कक्षा ५ की शिवमति यादवले दुख व्यक्त गरिन् । उनले दुख व्यक्त गर्दै आगामी दिनमा शैक्षिक अध्ययनलाई सहज गर्न सहयोगको आपेक्षा गरेकी छन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *