राजापानी नमुना टोल विकास संस्थाद्धारा लागु औषध दुव्यर्सन सम्बन्धी सचेतना

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, पुष ११
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ३ स्थित राजापानी नमुना टोल विकास संस्थाको आयोजनामा लागु औषध दुव्यर्सन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । टोल विकास संस्था पुर्न गठन भए पछिको पहिलो कार्यक्रम अनुसार उक्त कार्यक्रम गरिएको टोल विकास संस्थाका अध्यक्ष लाल कुमार महतले बताएका छन् । पछिल्लो समय युवाहरु लागु पदार्थ तथा दुव्र्यसनमा लागेकाले यसलाई न्युनिकरण गर्ने उद्देश्यले सम्पुर्ण टोलवासीलाई सचेतना गराईएको हो ।

सचेतनामुलक कार्यक्रममा लागु पदार्थ दुव्यर्सनमा लाग्नुका कारण, यसका असर र यसबाट छुटकारा कसरि पाउने विभिन्न विषयमा प्रशिक्षण दिईएको थियो । राजेश आस्था फाउण्डेशनका प्रशिक्षक हेमन्त राना, दृष्टि राना, नविन राना तथा ईलाका प्रहरी कार्यालय पिपराका सहि टुक बहादुर खत्रीले सम्पुर्ण टोलवासीलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडाध्यक्ष सन्तराम रौतारले पछिल्लो समय लागु औषध सेवन गर्ने युवाहरुको संख्या बढेकाले टोल विकास संस्थाले गरेको कार्यक्रम उदाहरणिय कार्य गरेको बताए । उनले यो समस्या बेरोजगारीका कारण बढ्ने भएकाले वेरोजगार युवाहरुलाई वडाले रोजगार मुलक योजना ल्याउने बताए ।

कार्यक्रमका अध्यक्ष लालकुमार महतले लागु पदार्थ सेवन गर्ने व्यक्तिलाई हेयभाव भन्दा सुधार्न आवश्यक रहेको बताए । टोल विकास संस्थाका अध्यक्ष समेत रहेका महतले कारणवस लागु पदार्थ दुव्र्यसनीमा लागेका व्यक्तिहरुलाई हेला र क्षय भावले हेरेका कारण ठुलो दुर्घट्ना हुने भएकाले माया, सद्भाव र सुधार्नु आवश्यक रहेको बताए ।

टोल विकास संस्थाका पदाधिकारी तथा सदस्य, वडाका जनप्रतिनिधि, विभिन्न विद्यालय, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रम टोल विकास संस्थाका सदस्य बिनोद रानाको स्वागत मन्तब्य तथा सह सचिव राजेश थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ पुष ११, शनिबार १५:०१