प्रधानमन्त्री ओली संकटकाल घोषणा गर्ने दाउमा : बरिष्ठ उपसभापती खनाल

ByLumbini Darpan Online

१५ पुष २०७७, बुधबार ११:३२ १५ पुष २०७७, बुधबार ११:३२ १५ पुष २०७७, बुधबार ११:३२

हरि आचार्य कपिलवस्तु, पुस १५
मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उप–सभापती गोविन्द खनालले प्रधानमन्त्री केपि शर्मा ओलीले देशमा मुठभेड निम्त्याएर संकटकाल लगाउने दाउमा रहेको आरोप लगाएका छन् । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाले आयोजना गरेको संसद विघटन विरुद्धको विरोध पदर्शनका कार्यक्रमलाई सम्बोधन गर्दै उप–सभापती खनालले यस्तो बताएका हुन् । उनले नियोजित रुपमा प्रतिनिधि सभा भंग गरेर प्रतिगमनको बाटो रोजेका ओलीले लोकतान्त्रीक व्यवस्था र संविधान असफल बनाउने खेलमा लोगेको स्पष्ट भैसकेको ठोकुवा समेत गरे । खनालले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बाट जोगाएर जनताका उपलब्धी गुम्नबाट बचाउनेमा विश्वास व्यक्त गरे ।

त्यस्तै जिल्ला सभापति गोबिन्दराज पोख्रेलले विभिन्न सपना र विकासको आशामा जनताले सुम्पेको दुई तिहाई मतको अपमान गर्ने काम प्रधानमन्त्रीले गरेको बताए । उनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मानव अधिकारको पनि दुरुपयोग गरेको बताए । जिल्ला सभापति पोख्रेलले संसद विघटन फिर्ता लिनका लागि सबैजना एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनले विरोध प्रदर्शन कार्यक्रममा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद पनि व्यक्त गरे ।

कपिलबस्तु जिल्ला शाखाले आज जितपुर–४ नं मा आयोजना गरेको विरोध सभामा केन्द्रय सदस्य कृष्ण पंगेनी, अधिकारकर्मी बुद्धि सागर बेल्बासे, माधव धिमिले लगायतले प्रधानमन्त्रीको अलोकतान्त्रिक असंवैधानिक र स्वेच्छाचारी कदमको विरोध गरेका थिए ।

यसैबिच मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाको दोस्रो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन यहि पुस २५ गते बाणगंगा नगरपालिका चार नम्बर जितपुरमा सम्पन्न हुने जिल्ला सभापति गोबिन्दराज पोख्रेलले लुम्बिनी दर्पण अनलाईनलाई जानकारी दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *