दाङमा दाजुको हत्या आरोपीत फरार पक्राउ

लुदअ चैत २५, दाङ
दाङमा दाजुको हत्या गरी फरार भएका व्यक्तिलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

राजपुर गाउँपालिका १, रसरी खोलाका २४ वर्षीय जसराम कामीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
गएको चैत १९ गते ३२ वर्षीय दाजु प्रेमबहादुर कामीको हत्या गरी फरार रहेका जसरामलाई खेतमा लुकिछिपी बसेको अवस्था मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरि दाउराको चिर्पटले हान्दा गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा गएको चैत २० गते ज्यान गएको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *