संगीतकर्मी संघको राहत बितरण अभियानमा निरन्तरता

[sharethis-inline-buttons]

लुदअ ,२७ चैत, काठमाण्डौं ।

राष्ट्रिय संगीतकर्मी संघको बिगत १० दिन देखि जारी राहत बितरण अभियानले आज पनि निरन्तरता पाएको छ । कोरोना भाइरस ( कोभिड –१९) को कारण देश लक डाउनको अवस्थामा रहेको बेला दैनिक काम गर्न नपाएका कारण समस्यामा परेका कलाकारहरुलाई खाद्यान्न लगायतका सामग्री बितरण गरिएको छ ।
आज २ वटा समुह भएर गरिएको राहत बितरण कार्यक्रममा एउटा टोलिमा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्की सहित बरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना सचिबालय सदस्य राज कुमार हुमागाइ लगाएत रहेका थिए भने अर्को टोलिमा उपाध्यक्ष अमृत खाती,महिला उपाध्यक्ष उमा श्रेष्ठ, सुमि श्रेष्ठ लगाएत रहेको बताइएको छ । राहत बितरणमा कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पु¥याएका जिल्ला , प्रदेश र केन्द्रिय समिति लगाएत सबै सहयोगी महानुभावहरुलाई संस्थाले धन्यबाद दिएको छ ।

आज करिब ५ दर्जनलाई बितरण गरिएको राहतमा दृष्टि बिहिन, भिन्न क्षमता भएका साथै दोहोरी साँँझमा काम गर्ने कलाकारहरू रहेको राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । राहत बितरणमा संगीतकर्मी संघ जिल्ला, प्रदेश र केन्द्रिय समितिले सिफारिस गरेको आधारमा प्रत्यक्षरुपमा सम्बन्धित कलाकारलाई भेटेर खाद्यान्न सामाग्री बितरण गरिएको संस्थाका उपाध्यक्ष अमृत खातीले जानकारी दिएका छन् ।आजको राहतको ब्यबस्थापन राष्ट्रिय संगीतकर्मी संघ केन्द्र , बरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना उपाध्यक्ष द्धय अमृत खाती ,उमा श्रेष्ठ र समाजसेबी तथा आजिबन सदस्य धनराज कार्कीले गरेका थिए ।


प्रकाशित : २०७६ चैत्र २७, बिहीबार १६:२८