Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

लुदस, काठमाडौं, साउन ११ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

  लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर...

रुपन्देहीमा आज ४६ संक्रमित थपिदा , २६ जना संक्रमणमुक्त २ को मृत्यु

बुटवल साउन ११ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिदा २६ जना संक्रमणमुक्त छन्। पछिल्लो २४...

Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना...

लुम्बिनी वाणिज्य क्याम्पसद्धारा प्रकोप व्यवस्थापन कोषमा १ लाख ३४ हजार सहयोग

लुदअ बुटवल, चैत्र २८

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले स्थानीय सरकारले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । क्याम्पसका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुको एक दिनको तलब बराबरको एक लाख चौतिस हजार तीन सय एक्काइस रुपैया सत्र पैसा बुटवल उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको हो ।

सहयोग रकम शुक्रवार क्याम्पस प्रमुख प्रा। डा। तारा प्रसाद उपाध्याय, पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई समिति अध्यक्ष उपप्राध्यापक द्वारिका प्रसाद गौतम र कर्मचारी संघ इकाई समिति अध्यक्ष लक्ष्मी पोखरेलले संयुक्त रूपमा बुटवल उपमहानरपालिका नगर प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गरेका हुन् ।

विपद्सँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने भएकोले क्याम्पसको तर्फबाट सम्पूर्ण प्राध्यापक तथा कर्मचारीको एक दिनको तलब बराबरको रकम सहयोग गरिएको क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले बताए । त्यस अवसरमा नगर प्रमुख शिवराज सुवेदीले सबैको सामूहिक प्रयासले मात्रै कोरोना संक्रमणको जोखिमका साथै अन्य जुनसुकै प्रकोपको क्षति कम गर्न सकिने बताउँदै शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेलेको लुम्बिनी वाणिज्य क्याम्पसले यो विपदमा पनि सहयोग रकम हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गरे ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *