लुदअ बैशाख ९,
अमेरिकी कच्चा तेलको मूल्य यो शताब्दीकै सबैभन्दा तल्लो बिन्दुमा झरेको छ। माग नभएपछि र भण्डारण गर्न नसकिएपछि तेलको मूल्य गिरावट ऋणात्मक बिन्दुमा पुगेको हो। अब तेल उत्पादकहरुले खरिद गर्नेलाई उल्टै पैसा दिएर तेल उपलब्ध गराउनुपर्ने अवस्था आएको छ। किनकी बिक्री नै नभएपछि उत्पादित तेल भण्डारण गर्ने स्थान नै बाँकी रहनेछैन। लकडाउनका कारण विश्वभरका मानिस घरभित्रै बसेपछि अहिले सवारीसाधन र उद्योगधन्दा सञ्चालन ठप्पप्रायः छ।
भण्डारणमै समस्या भएपछि अहिले तेल उत्पादकहरुले ट्यांकर भाडामा लिइरहेका छन् र त्यसमा उत्पादित तेल भण्डारण गरिरहेका छन्। तेलमा भएको मूल्य गिरावटको सबैभन्दा बढी असर अमेरिकाले ब्यहोरेको छ। त्यहाँ तेलको मूल्य शुन्यभन्दा पनि तल अर्थात ऋणात्मक बिन्दुमा पुगेको बीबीसीले जनाएको छ। अमेरिकी तेल मूल्यको वेञ्चमार्क मानिने वेस्ट टेक्सस इन्टरमिडियट ९डब्ल्यूटीआई० का अनुसार अमेरिकामा यतिखेर तेलको मूल्य माइनस ३७।६३ डलर प्रतिब्यारेलमा झरेको छ। यसको अर्थ अमेरिकाले अहिले तेल बेचेमा क्रेतालाई उल्टै ३७।६३ डलर दिनुपर्नेछ। सन् २००८ जुनमा प्रतिब्यारेल कच्चा तेलको मूल्य इतिहासकै सबैभन्दा उच्च बिन्दुमा अर्थात १४८।९३ डलर कायम भएको थियो।