२७ बैशाख , सोमबार
राष्ट्रिय अर्थतन्त्रका विविध आयाममाथि प्राज्ञिक खोज अनुसन्धान तथा प्रकाशन मुख्य लक्ष्य बनाएर स्थापना भएको आर्थिक अनुसन्धान केन्द्र , नेपाल बुटवल ११ रुपन्देहीले हाल महामारीको समयमा घरघरमा बस्नु भएका आफ्ना सदस्यहरुलाई अर्थतन्त्रका विविध विषयमा विज्ञता प्राप्त गरेका विज्ञ प्रशिक्षकबाट अनुसन्धान सम्बन्धि सीप विकासको लागि भर्चुअल तालिमको सुरुवात गरेको छ । कार्यक्रम हरेक दिन दिनको दुई घण्टाको रहने र प्रत्येक दिन फरक फरक विधामा प्रशिक्षकले तालिम दिने सो कार्यक्रम १५ दिन सम्म लगातार सञ्चालन हुनेछ । सस्थाले यो पटक आफ्ना सदस्यहरुलाई मात्रै तालिममा सहभागी गराउने र दोस्रो चरणमा अनुसन्धानमा रुचि राख्ने सम्पुर्ण क्षेत्रका व्यक्तिहरुलाई सहभागी गराउनेछ । विशेषगरी बुटवल आसपासमा अझैसम्म पनि प्राज्ञिक अनुसन्धानका कार्यक्रमलाई प्राथमिकता नदिने गरेकाले त्यसको अभावलाई न्युनिकरण गर्न यस्तो कार्यक्रमको सुरुवात गरिएको हो । आजको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव बालकृष्ण आचार्य , स्वागतम उपाध्यक्ष बिनोद बेलवासेले गर्नु भएको थियोे भने अध्यक्षता हुमराज भुसालले गर्नु भएको कार्यक्रममा सहभागीलाई प्रशिक्षक अमर डि सी।ले परिमाणात्मक अनुसन्धान पद्धतिका बारे जानकारी प्रदान गर्नु भएको थियोे ।




















