अहिले नेपाललगायतका मुलुकलाई आपत्कालीन सहयोग चाहिएको छ – डब्लूएचओ

काठमाडौँ —

विश्व स्वास्थ्य संगठन९डब्लूएचओ० ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग चाहिएको बताएको छ ।
शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा डब्लूएचओका महानिर्देशक डा। टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या उत्पन्न भएको बताएका हुन् । उनले यी मुलुकमा पछिल्लो समय संक्रमण बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको बताएका छन् ।

उनले पछिल्लो समय डब्लूएचओले भारतमा अक्सिजन कन्सनट्रेटर, घुम्ती अस्थायी अस्पताल निर्माणका लागि टेन्टलगायतका स्वास्थ्य सामग्री पठाएको पनि जानकारी दिएका छन् । केही अमेरिकी मुलुकमा अझै पनि कोरोना संक्रमण उच्च रहेको निर्देशक गेहब्रेयससको भनाइ छ । गत हप्ता कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ४० प्रतिश अमेरिकी क्षेत्रका रहेको उनले बताए ।

कोरोना भाइरसले अहिलेसम्म ३३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको उल्लेख गर्दै उनले पहिलोभन्दा दोस्रो लहर झन घातक रहेको बताए ।
संक्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौतीका रुपमा रहेको पनि उनले बताए । यही हप्ता विश्वका केही सरकारप्रमुख र खोप निर्माता कम्पनीले यस समस्यालाई सम्बोधन गर्ने काम सुरु गरेको उल्लेख गर्दै त्यसले आफू खुसी भएको पनि उनले बताए ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *