सांसद नरहेका ७ मन्त्री नियुक्तिमा उठ्यो प्रश्न, सर्वोच्चमा रिट

[sharethis-inline-buttons]

प्रतिनिधि सभाको सांसद नरहेका व्यक्तिलाई पुनः मन्त्रीमा नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट निवेदन परेको छ। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले संवैधानिक प्रश्न उठाउँदै रिट निवेदन दिएका हुन्। भोलि दर्ता हुने रिट निवेदनमाथि पर्सि सुनुवाइ हुने सम्भावना छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले पुनः सपथ गराउन माग गर्दै रिट निवेदन दिएका हुन् । ओलीले पूर्ण शपथ नलिएकाले फेरि गराउनु पर्ने रिट निवेदकको माग छ । केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले सो शब्द दोहो¥याउँदा समेत ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । उनले त्यसरी ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरी खाएको शपथको आलोचना भइरहेको छ ।


प्रकाशित : २०७८ जेष्ठ २, आईतवार १३:१३