पाल्पामा एकै दिन २ सय २१ जना कोरोना संक्रमित थपिए

[sharethis-inline-buttons]

जेठ ३
पाल्पामा पछिल्लो चौबिस घण्टामा २ सय २१ जना कोरोना संक्रमित थपिएका छन । जसमा १ सय १८ जना पुरुष र १ सय ३ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

बिभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा आएको नतिजासंगै पाल्पामा थप २ सय २१ जना कोरोना संक्रमित थपिएको उनले बताए । यो बीचमा १४० जना निको भएका छन ।


प्रकाशित : २०७८ जेष्ठ ३, सोमबार १३:००