ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सेयर बजार हरेक दिन रेकर्ड ब्रेक गर्दै

लुम्बिनी दर्पण २०७८ जेष्ठ ४, मंगलवार ११:३२
[sharethis-inline-buttons]

काठमाडौं
सेयर बजार हरेक दिन रेकर्ड ब्रेक गर्दै अगाडी बढेको छ । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा गजबको देखियो।

नेप्से परिसूचक र कारोबार दुवै अंकले नयाँ रेकर्ड कायम गरेका छन्। मंगलबार सेयर बजार परिसूचक ३४।५३ अंकले बढेको छ। नेप्से सूचक २८ सय नजिक पुगेको छ। मंगलबार नेप्से सूचक २७९३।७४ विन्दुमा उक्लिएको छ। यो अहिलेसम्मकै उच्च विन्दु हो। त्यसैगरी मंगलबार कारोबारमा पनि व्यापक उत्साह देखिएको छ। ११ अर्ब ३५ करोड बढीको कारोबार भएको छ। यो पनि अहिलेसम्मकै उच्चतम भोलुम हो।

कोरोनाको जोखिम र लकडाउनले सबैतिर ठप्प भइरहेका बेला यति धेरै कारोबार हुनुलाई सेयर बजार अझ् बढ्ने संकेतका रुपमा लिइएको छ। कारोबार भोलुम जति बढी भयो, बजार त्यति नै बलियो र सकारात्मक भएको मानिन्छ। यसअघि जेठ २ गते आइतबार १० अर्ब ४० करोड बढीको कारोबार भएको थियो। सोमबार पनि करिब साढे नौ अर्बको कारोबार भएको थियो।
राजनीतिक अन्योलको एउटा चरण टुंगिएर केपी ओली पुनस् प्रधानमन्‍त्री नियुक्त भएपछि गत आइतबारदेखि नै सेयर बजारमा उछाल देखिएको हो। कोरोना संकटलाई पनि बिर्साउने गरी सेयर बजार उछाल आएको लगानीकर्ताहरू बताउँछन्। मंगलबार हाइड्रो, पर्यटन तथा होटल, विकास बैंक, फाइनान्स र जीवन विमातिर विशेष आकर्षण देखिएको छ। तीन दिनमा झन्डै सय अंकले बजार बढ्दा पनि लगानीका हिसाबले सबैभन्दा सुरक्षित क्षेत्र मानिएको बैंकिङको सेयर खासै बढेको छैन। बैंकिङलाई समग्र सेयर बजारको फाउन्डेशन मानिन्छ। राम्रो कमाइ भएका बाणिज्य बैंकहरूको सेयर भाउ अहिले पनि तुलानात्मक रुपमा अन्डरभ्यालुड रहेकोले अब लगानीकर्ता यो सेक्टरमा आकर्षित हुने संभावना छ। बैंकिङको सेयर राम्ररी नबढ्दासम्म सेयर बजारको बुलिस रन जारी रहने विश्लेषण विज्ञहरूले गर्दै आएका छन्।

बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक रिपोर्टमा आकर्षक कमाइ देखिएकोले पनि लगानीकर्ताहरूमा आकर्षण अब यतातिर केन्द्रित हुने देखिन्छ। त्रैमासिक रिपोर्टक आधारमा कुन कम्पनीले कति लाभांशा दिन्छ भनेर बजारमा हुने आंकलन र अपेक्षासँगै उत्साह थपिने बेला हो।तीन चार महिना कुर्दा वर्षभरीको कमाइको हिस्सेदार बन्‍न सकिन्छ। वित्तिय प्रणालीमा पर्याप्त तरलता, अनुकुल ब्याजदर, सेयर कर्जाको सुलभता, ब्रोकर कमिशनको कटौती, र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजार ुबुलिस रनु मा अझ् अघि बढ्ने विश्‍वास लगानीकर्ताहरूको देखिन्छ।

जेठदेखि मंसिरसम्मको अवधिलाई सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। बजेट आउने बेला भएकोले यतिबेला बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। कोरोनाका कारण लगानीका अरु क्षेत्र खुम्चिँदै गएको अवस्था र अहिले नै ठूला परियोजनामा लगानी गर्ने वातावरण नभएकोले ठूला साना लगानीकर्ताहरू सेयर बजारतिर आकर्षित भएका छन्। बजारमा लगानीयोग्य पैशा प्रशस्त छ। यो पैसा अब सेयर बजार ओइरिने संभावना बढेको छ। कम्पनीहरुको कमाइको तुलनामा बजार मूल्य निकै कम भएकोले पनि लगानीकर्ताहरू पुँजी बजारतिर बढी आकर्षित भइरहेका छन्। पुरै डिजिटल माध्यमबाट गरिने यो कारोबारमा कोरोनाको असर खासै देखिएको छैन।

नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सभापतिसमेत रहेका सेयर बजारका विज्ञ तथा व्यवसायी अम्बिका प्रसाद पौडेल मंगलबार इतिहासमै सर्वाधिक कारोबार भएकोले अब बजार धेरै परिपक्क भएको बताउँछन्। अन्‍नपूर्ण अनलाइनसँग पौडेल भन्छन्, ुयो कुनै अस्वभाविक उछाल होइन। यो स्वभाविक गति र लय हो। अझै पनि कतिपय राम्रा कम्पनीहरूको सेयर अन्डरभ्यालुड छ। बजार अझ् माथि जान्छ। पौडेल सेयर बजारमा नयाँ लगानीकर्ताहरूको उत्साह अभूतपूर्व रहेकोले बजारको बुलिस रनलाई कसैले रोक्‍न नसक्के बताउँछन्।पिसीआर मेशिनका लागि उवासंघले भवन उपलब्ध गराउने
हरि शर्मा
परासी, ४ बैशाख ःउद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले पिसीआर परीक्षण मेशिन सञ्चालन गर्न आफनो भवन उपलब्ध गराउने भएको छ । जिल्लामा पिसीआर परीक्षण मेशिन नहुँदा बुटवल र भैरहवा जानुपर्ने बाध्यता छ । संघीय सरकारले पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीलाई मेशिन उपलब्ध गराएको छ । १५ दिनअघि मेशिन आएपनि कोठा अभावले सञ्चालन आउन ढिलाई भएपछि उबासंघले आफ्नो भवन उपलब्ध गराउने भएको संघका अध्यक्ष केशव भण्डारीले बताए । ‘ हाम्रो भवनमा रहेको सभाहल र कोठा उपलब्ध गराउने बारे अस्पताललाई भनेका छौं । यथाशिघ्र मेशिन सञ्चालनको व्यवस्थाका लागि अस्पताल लाग्नु प¥यो । ’अध्यक्ष भण्डारीले भने । अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले उवासंघले सहयोग गर्ने जनाएको बताउँदै अन्य स्थानमा पनि खोजी भईरहेको र नपाईए त्यही लगेर सञ्चालन गर्ने बताए ।
यसैबीच संघले २ सय वटा अक्सिजन शिलिण्डर जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउने जनाएको छ । जिल्ला प्रशासनमा रहेका खाली शिलिण्डरमध्ये २ सय थान शिलिण्डरलाई रिफिल गरेर बुझाउन लागिएको अध्यक्ष भण्डारीले बताए । जिल्लामा अक्सिजनको कमि हुन नदिनका लागि शिलिण्डर रिफिल गरेर दिन लागेको उवा संघले जनाएको छ ।

 


प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार ११:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सुनचाँदीको मूल्य बढ्यो

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

निर्विरोध नेतृत्वसहित तिलोत्तमा नगर समितिको नयाँ यात्रा सुरु — सभ्य र भव्य अधिवेशनमा गम बहादुर थापाको टिम चयन

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech