लुम्बिनी प्रदेशमा जेष्ठ १७ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि गय रातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले एस.एम.एस, फेसवुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने बताएको छ । अन्तिम नामावलीमा नाम भएका प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखले आफ्नो परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् । राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय उम्मेदवार छन् । निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेशका ८७ प्रदेश सभा सदस्यमध्ये ७९ जनाले मात्रै मतदानमा सहभागी हुन पाउने छन् । अन्य आठ भने विभिन्न दलबाट कारबाहीमा परेकाले मतदानमा सहभागी हुन पाउने छैनन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *