आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्य

ByLumbini Darpan Online

१५ जेष्ठ २०७८, शनिबार ११:२६ १५ जेष्ठ २०७८, शनिबार ११:२६ १५ जेष्ठ २०७८, शनिबार ११:२६

जेठ १५, काठमाण्डौ
आर्थिक वर्ष २०७८०७९ को बजेट भाषण सुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गर्नुभएको हो । यस्तै आर्थिक अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको हो । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८÷७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारीको बीचमा पनि नेपालको अर्थतन्त्र राम्रो भएको दाबी गर्नुभएको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री पौडेलले आर्थिक वृद्धिदरमा केहि समस्या रहे पनि अर्थतन्त्रका सूचक भने राम्रो रहेको दाबी गर्नुभयो । मूल्यवृद्धि, सरकारी खर्च, वैदेशिक सहायता, पुँजीबजार लगायतका सूचक सकारात्मक रहेको पौडेलको भनाइ छ । निर्यात बढेको, वैदेशिक मुद्राको सञ्चिती राम्रो रहेको लगायतका विषय अर्थ मन्त्रीले बताउनुभएको छ ।
सरकारले प्रदेश र पालिकालाई दिने अनुदान बढाएको छ । आज घोषणा भएको बजेटमा समानीकरण अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब ९४ करोड र पालिकालाई ९४ अर्ब ५६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै ससर्त अनुदानमार्फत प्रदेशलाई ३५ अर्ब ८७ करोड र पालिकालाई एक खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै समपूरक अनुदानतर्फ १२ अर्ब रुपैयाँ ३७ करोड रुपैयाँ विनियोजन भएको छ । राजस्व बाँडफाडतर्फ एक खर्ब २६ अर्ब ६९ करोड रुपैयाँ बाँडफाड हुने बजेटमा उल्लेख छ ।
सरकारले कोरोना खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै खोप व्यवस्थापनका लागि त्यो रकम विनियोजन गरेको जानकारी दिनुभएको हो । सरकारले सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भएको छ । यस्तै सरकारले भेन्टिलेटर तथा मेडिकल उपकरणका लागि चार अर्ब छुट्याएको मन्त्री पौडेलले बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *