पाकिस्तानमा रेल दुर्घटना हुँदा ४० जनाको मृत्यु ।।

पाकिस्तानमा दुई वटा रेल एक आपसमा ठोक्किदा ४० जनाको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा घोटकी भन्ने स्थानमा सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेस एक आपसमा ठोक्किदा एक सयभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । रेडियो पाकिस्तानका अनुसार आज बिहान भएको रेल दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । पाकिस्तान रेलवेका अनुसार मिल्लत एक्सप्रेस कराचीदेखि सरगोधाका लागि छुटेको थियो भने सर सैयद एक्सप्रेस रावलपिन्डीबाट कराची जाँदै थियो । एक सयभन्दा बढीको गतिमा रहेको दुबै रेल एक आपसमा ठोक्किएको पनि रेलवेले जनाएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *