आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ओटै जिल्लालाइ गृहमन्त्रालयको निर्देशन ।।

गृह मन्त्रालयले कोरोनाकोभिड–१९ काकारण प्रभावितभएको मुलुकको आर्थिक गतिविधिचलायमानहुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्लाप्रशासनकार्यालय र सुरक्षाअधिकारीलाई निर्देशनदिएको छ । नवनियुक्त गृहमन्त्री खगराजअधिकारीले पदभार सम्हाले लगत्तै उहाँकै निर्देशनबमोजिममन्त्रालयले ७७ वटै जिल्लाप्रशासन र निकायकाअधिकारीलाई १२ बुँदे परिपत्रजारी गर्दै कोभिड–१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र आवश्यक योजनानिर्माण गरी सुरक्षास्थितिलाई मजबुतबनाउननिर्देश गरेको हो । गृहप्रवक्ताजनकराजदाहालले मन्त्रीअधिकारीबाट प्राप्तनिर्देशनअनुसार परिपत्रजारी गरिएको जानकारी दिनुभयो । मन्त्रालयले सरकारले सञ्चालन गरेकाविकास आयोजनातोकिएको समयमा सम्पन्नगर्न प्रभावकारी समन्वय, सहजिकरण एवं अनुगमन गरी विकास कार्यमातीव्रतादिनपनिभनेको छ । यसरी कामगर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई भने पूर्ण कार्यान्वयनगर्नुपर्नेमाजोड दिइएको छ । परिपत्रमाहालसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा गर्दै जनस्वास्थ्यमा नकारात्मक असर नपारी स्वास्थ्य मापदण्ड पालनाका साथ आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्व तयारीमा जुट्न भनेको छ । सीमा नाकासँग जोडिएका जिल्लाले नाकाबाट हुने आवागमनलाई व्यवस्थित गरी अभिलेख राख्न तथा यात्रुलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र नेपालप्रवेश गर्न दिने व्यवस्थामिलाउनपनि गृहले भनेको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *