Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

कपिलवस्तुमा असार ७ गते सम्म निषेधाज्ञा थप, पसल विहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने,के के भए निर्णय ?

लुदअ कपिलवस्तु, जेष्ठ ३०

कपिलवस्तुमा एक हप्तामा निषेधाज्ञा थप गएिको छ । जिल्ला कोरोना नियन्त्रण समन्वय समिती डिसिसीएमसीको आज बसेको बैठकले असार ७ गते सम्म निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो । यस अघि प्रशासनले जारी गरेको निषेधाज्ञा जेठ ३१ गते राती १२ बजे सकिदै छ । यसैबीच पाचौ पटक थप गरिएको निषेधाज्ञा पहिले भन्दा केहि खुकुलो बनाइएको छ ।

जिल्ला भित्र अटो रिक्शा बाहेक अन्य सार्वजनिक यात्रुवाहक सवारी साधन संचालन गर्न, कुनै पनि मेला, हाटबजार, महोत्सव, जात्रा संचालन गर्न, मानिसहरु पाँच जना भन्दा बढी भेला÷जम्मा हुन, भिडभाड, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल, स्वीमिङ्ग पुल, जिमखाना संचालन गर्न नपाईने भएका छन् ।

त्यस्तै चिया पसल, खाजा घर, होटल, रेष्टुरेन्ट, पान पसल, शैलुन र व्युटीपार्लर खोल्न नपाईने तर होटल तथा रेष्टुरेन्टले बिहान ९ः०० बजे देखि बेलुका ५ः०० बजेसम्म टेक अवे र होम डेलिभरी मात्र उपलव्ध गराउन सक्ने प्रशासनले जनाएको छ । यसै विषयमा थप जानकारी दिन यतिबेला हाम्रो सम्पर्कमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेसंग जोडिनुभएको छ । बाईट…

यस अघि अत्यावश्यक सवारी साधन र खाद्यान्नका पसलहरु बिहान संचालन गर्न दिइएको थियो भने बैंक तथा बित्तिय संस्थाहरु सातामा २ दिन खुलेका थिए । यसपटक नीजि सवारी साधन, मोटरसाइकल, कार, अटो रिक्सा चलाउन पाइने छ ।

यो निणर्य अनुसार अब सार्वजनिक बाहेक सबै यातायातहरु संचालन हुने छन् । यसैगरी बैंक तथा बित्तिय संस्था पूर्णरुपमा संचालनमा आउने गरि निर्णय भएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ ।

थप जानकारीका लागि

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *