लुम्बिनी प्रदेश सरकारले भोलि असार १ गते आगामी आर्थिक बर्ष २०७८–७९ को बजेट ल्याउने तयारी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुम्बिनी प्रदेश सरकारले भोलि असार १ गते आगामी आर्थिक बर्ष २०७८–७९ को बार्षिक बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट वक्तव्य जारी गर्नुहुनेछ । आगामी आर्थिक बर्षको बजेट कोभिड लक्षित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइने प्रदेशका योजना आयोगका उपाध्यक्ष प्रा डा ईश्वर गौतमले बताउनुभयो । नीति तथा र्काक्रममा तोकिएका प्राथमिकता अनुरुप स्वास्थ्य, कृषिलाई नै प्राथमिकतामा राखेर बजेट आउन लागेको हो ।

 


प्रकाशित : २०७८ जेष्ठ ३१, सोमबार १२:३९