विश्व रक्तदाता दिवसः मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुद्धारा रक्तदान कार्यक्रम

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

विश्व रक्तदाता दिवसको अवसर पारि मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कपिलवस्तुको जितपुर ४ नं. स्थित कपिलवस्तु सामुदायिक अस्पतालमा सम्पन्न कार्यक्रममा रेडक्रस बाणगङा उपशाखाको संयुक्त आयोजना र त्यस क्षेत्रमा कृयाशिल विभिन्न संस्थाहरुको विशेष सहयोग रहेको थियो । रक्तदान कार्यक्रममा ४१ युनिट ब्लड संकलन गरिएको छ। कार्यक्रममा रेडक्रस लुम्बिनी प्रदेश महासचिव कृष्ण पङ्गेनीको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त गठन कार्यक्रममा कपिलवस्तुमा कृयाशिल विभिन्न संस्थाहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

पछिल्लो समय देशैभर रगतको अभावमा कैयौँ नागरिक मृत्युको मुखमा पुग्नुपरेको समस्यालाई मध्यनजर गर्दै रगतका कारण नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मानव अधिकार तथा शान्ती समाजका सभापति गोबिन्द पोख्रेलले बताए ।

त्यस्तै यो विषम परिस्थितीमा पनि कार्यक्रममा सक्रिय सहभागी रहेको भन्दै रक्तदान गर्ने सम्पुर्ण रक्तदातालाई संस्थाका सचिव माधव घिमिरेले धन्यवाद व्यक्त गरे ।


प्रकाशित : २०७८ जेष्ठ ३१, सोमबार १४:५८