
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले भोली विश्वासको मत लिनुहुने भएको छ । संविधानको धारा १ सय ६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीता पौडेलले २९ जेठमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । अब भोलीको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभएको छ । विश्वासको मत लिन २ दिन अघि प्रदेशसभामा जानकारी गराउनुपने व्यवस्थाअनुसार आजै प्रदेशसभा सचिवालयलाई लिखित जानकारी गराइएको छ ।

