२४ घण्टामा ३ लाख ८५ हजारमा कोरोना सङ्क्रमण पुष्टि ।।

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

विश्वमा बितेको २४ घण्टामा ३ लाख ८५ हजार ५९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ८ हजार ५८६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । यो सँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या १७ करोड ८१ लाख ८५ हजार ३८९ पुगेको छ । अहिलेसम्म ३८ लाख ५७ हजार ५०४ जनाको कोरोनाको कारण मृत्यु भएको छ । सङ्क्रमित १६ करोड २६ लाख ८३ हजार १८२ जनाले कोरोनालाई जितेका छन् भने १ करोड १६ लाख ४४ हजार ७०३ जनामा सक्रिय सङ्क्रमण छ । सक्रिय सङ्क्रमितको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये ८२ हजार ५१५ को स्वास्थ्य अवस्था गम्भीर छ ।


प्रकाशित : २०७८ असार ४, शुक्रबार १२:५३