ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एक पटक पुग्नै पर्ने ठाउँ पाल्पाको जन्तीलुङ र मरामकोट

लुम्बिनी दर्पण २०७८ असार ५, शनिबार १०:३२
[sharethis-inline-buttons]

समाचार साभार – पाल्पा समाचार

–के।बि।।मसाल
गर्मीको समय तपाई बुटवल, भैरवा अथवा कतै हुनुहुन्छ रु तपाई केहिदिन घुमफिरको लागि सितल र रमणिय ठाउको खोजी गर्दै हुनुहुन्छ भने पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा पर्ने जन्तीलुङग र मरामकोट जानुहोस । गर्मीको समयमा शीतल हुने हुँदा फागुन, चैत्र, वैशाख महिनामा तराईका जिल्लाबाट बढी पर्यटकहरु जन्तीलुङग र मरामकोटमा घुमफिर गर्न पुग्दछन् । यी गाउँमा पुगेपछि उत्तरतर्फ सेतै टल्किएका धवलागिरि देखि अन्नपूर्ण, माछापुच्छ्रे र गणेश हिमाल समेत पर्यटकहरुले अवलोकन गर्न सक्दछन् । जन्तीलुङग र मरामकोट गाउँबाट दक्षिणतर्फ रुपन्देहीको बुटवल, भैरहवा, सालझन्डी,दाउन्ने र बर्दघाट पनि देखिन्छ ।

बुटवल देखि सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक हुदै अगाडी लागेपछि सुरुहुन्छ महाभारत पर्वत । चिडिया खोलामा रहेको सिद्ध बाबाको मन्दिर र रुपन्देही र पाल्पाको सिमानामा निर्माण गरिएको स्वागतद्धारले सबैलाई स्वागत गर्दछ । त्यस पछि तिनाउ नदी किनारमा पुरातात्विक खोज अनुसन्धानले मानव सभ्यता विकास क्रमका अवशेषहरु प्राप्त गरेको स्थान आउछ । जहा वि।सं।२०३७ सालमा पुरातात्विक उत्खनन् गर्दा डा।जे।एच।हचिन्सनले एक करोड दस लाख वर्ष पुरानो रामापिथेकस अर्थात बाँदरभन्दा पछि र मानवभन्दा अघिको प्रजातिको अगाडिको दाँत प्राप्त गरेका थिए । आदिम मानवको दात फेला परेको ठाउ रामापिथेकस पार्क इतिहासका बिद्यार्थीहरुका लागि खोज अनुसन्धान गर्ने स्थल मानिन्छ ।
गर्मीको समयमा त्यसपछि अगाडी लागेपछि सुरुहुन्छ शितलताको अनुभूती । झुम्साको पुल तरेपछि जती पहाड चढदै जानुहुन्छ अर्कै आनन्द । यात्रामा देख्नुहुन्छ नागवेली डाडाकाडा तल तिनाउ नदी, प्राकृतिक झरना र महाभारत पर्वतका श्रृखला । केरावारीमा पुगेपछि गर्मी समयमा अर्कै आनन्द चिसो पानी मौसम अनुसार पहाडका फलफुल, खाना खानको लागि होटलहरुले गर्ने सत्कार । बुटवलको गर्मीबाट एकैछिनको यात्रामा मौसमनै परिवर्तन भए झै लाग्ने चिसोको अनुभूती ।

जन्तीलुङग पुग्नको लागि सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डको डूभ्रे देखि मस्याम हुदै नौ किलोमिटर यात्रामा जन्तीलुङग पुग्न सकिन्छ भने जोरधारा र चरचरे बिचको नयाँ बजारबाट करिव ५ कि।मी उकालो यात्रा गर्दै मरामकोट भएर पनि जन्तीलुङग पुग्न सकिन्छ । तपाई बुटवल देखि जन्तीलुङग जादै हुनुहुन्छ भने मरामकोट भएर पनि जादा हुन्छ ।
महाभारत पर्वतको डाडाबाट हिमाल, पहाड र तराईका सुन्दर फाँट प्राय कमै स्थानबाट अवलोकन गर्न पाइन्छ । त्यो विशेषता जन्तीलुङग र मराकोटमा पाइन्छ । जन्तीलुङग र मराकोटबाट बिहानको सूर्योदय र बेलुकीको सूर्यास्त हेर्न पनि सकिन्छ । सूर्योदयको जुन दृष्य देख्न पाउदा ग्रामीण पर्यटकहरु रमाउछन् । गाउँमा सञ्चालन भएको होमस्टेले जन्तीलुङगमा जाने पर्यटकहरुलाई खान बस्न सजिलो भएको छ । बेलुका गाउँमा पुगेका पर्यटकलाई स्थानीयवासीले न्यानो आतिथ्यता सहित शुरुमा मकै, भट्ट जस्ता स्थानीय उत्पादनका परिकारको खाजा खुवाउने गर्दछन् । मगर जातीको परम्परागत मौलिक खानाको स्वाद लिन्छन् । मूलाको अचार, कोदोको सेलरोटी, फापर र मकैको ढिडो स्थानीय कुखुराको मासु, इच्छा हुनेले लोकल रक्सीको स्वाद समेत लिन्छन् । पर्यटकहरुको चाहना भए बारा अर्थात बटुक,चुकाउनी, वन तरुल र गन्जीको समेत स्वाद लिन पाइन्छ ।

बेलुकाको खाना पछि मगर जातिका विभिन्न सांस्कृतिक प्रस्तुतिबाट पर्यटकहरुलाई मनोरञ्जन दिने गर्दछन् । जन्तीलुङग गाउँमा १५ घरमा अहिले होमस्टे सञ्चालित छ । गाउँमा पुग्ने पर्यटकलाई सयपत्रीको मालाले स्वागत गर्छन् । साँझको समयमा पर्पटकहरुलाई मगर समुदायको पुरानो संस्कृतिको झाम्रे, ठूलोनाच र सालैजो गीतसहितको सांस्कृतिक मनोरञ्जन पनि प्रदान गरिन्छ । पर्यटक नाचगान र मगर संस्कृति अनुसार स्वागत पाउँदा दंग पर्दछन् । बिहानको चिया, खाजा खुवायर होमस्टेमा बस्ने पर्यटकहरुलाई बिदावारी गर्ने गर्दछन् । जन्तीलुङग गाउँको डाडामा टेलिकम, एनसेललगायत विभिन्न इन्टरनेट कम्पनीले टावर राखेका छन् । टावर वरपर गएर पर्यटकहरुले फोटो समेत खिच्ने गर्दछन् ।

डुभ्रेमा जन्तीलुङग जाने सडकमा प्रवेशद्वार समेत स्थापना गरिएको छ । प्रवेशद्वारबाट उकालो लागेपछि बाटोमा पर्ने तारीडाडा, कुटेडाडा, बेलचौतारी, जगतडाडा, समबारी र देउराली हटिया मस्याम हुदै जन्तीलुङग पुग्न सकिन्छ । जन्तीलुङमा मगर जातीको मात्र बस्ती भएको गाउँ हो । जन्तीलुङग गाउँ सामुन्द्रिक सतह देखि १ हजार ६०० मिटरको उचाईमा पर्दछ । यात्रामा जती माथी डाँडामा चढदै गयो त्यहाबाट देखिने डाडाकाडा र गाउँबस्तीको सुन्दरताको दृष्य अवलोकन गर्न पाउदा पर्यटकहरु रमाउछन् । जन्तीलुङगको नाम मगर भाषाबाट राखिएको हो । मगर भाषामा ढुङगालाई लुङग भनिन्छ । पहाडको चुचुरोमा प्राकृतिक रुपले जन्ती जस्तै लहरै ढुङगा रहेकोले ठाउको नाम जन्तीलुङग राखिएको हो । जन्तीलुङगमा लम्टरी, लामिछाने, चिडी, थापा र हिस्की थरका मगरजातीको बसोबास छ ।

देउराली हटिया मस्याम गाउँ ऐतिहासिक स्थल हो । मस्याम गाउँ लमतन्न लस्किएको डाडामा पर्दछ । यो डाडाका बस्तीमा बढि मस्याङको खेती हुने हुदा ठाउको नाम मस्याम भएको हो । सिद्धार्थ राजमार्ग बन्नु भन्दा पहिले पाल्पा, गुल्मी, स्याङजा लगायतका मानिसहरु बुटवल आउन जान मस्यामको बाटो भएर हिडने गर्दथिए । यसरी पैदल हिडदा हटियाबाट सिस्ने खोला, मरेक, रानीबास, साजबास, दोभान हुदै नुवाकोट भएर जीतगढी निस्कने पैदल मार्गको मुख्य बाटो थियो । ती कुरा अहिले कथा बनेका छन् । तर पनि जन्तीलुङग जाने ग्रामीण पर्यटकहरु आफ्नो पुर्खाहरु नुन तेल लिनको लागि पैदल यात्रा गरेको ठाउ भएको हुदा स्थानिय बासीहरुसग सोधखोज गर्ने, सेल्फि लिने गाउँ र डाडाकाडाको फोटो खिच्ने गर्दछन् ।

आजभोली जन्तीलुङगमा ग्रामीण पर्यटकहरुको चहलपहल बढदो मात्रामा हुने गर्दछ । जन्तीलुङगको विशाल ढुङ्गाको पहाडमाथि बसेर प्रकृतिको दृश्यावलोकन गर्न पाउदा पर्यटहरु रमाउछन । जन्तीलुङगबाट तानसेन बजार, श्रीनगर, मात्र होइन तिनाउ नदी पारीका धेरै गाउँहरु एकै ठाउबाट अवलोकन गर्न सकिन्छ । पर्यटकहरको साथमा दुरबिन भए त्यसको मजा अर्कै हुन्छ । प्राकृतिक दृष्टिकोणले रमणीय स्थल भएकाले जन्तीलुङगमा पर्यटकहरु घुमफिर गर्न रुचाउँछन् । जन्तीलुङगमा पर्यटकहरुकै लागि पार्क समेत बनाइएको छ । पर्यटकहरुका लागि पार्क भित्र जान सिँढी, सुरक्षाका लागि रेलिङ, फोटो खिच्ने भ्यु प्वाइन्ट लगायतका संरचना निर्माण भएका छन् । जन्तीलुङग गाउँमा रिचार्ज पोखरी समेत निर्माण गरिएको छ । अर्को तर्फ जन्तीलुङगमा होमस्टेमा बस्ने पर्यटकहरुलाई स्वागत र बिदाई गर्ने सामुदायिक भवन पनि निर्माण भएको छ । गाउँमा पुग्ने पर्यटकलाई स्वागत तथा विदाई र स्थानीय संस्कृतिको प्रदर्शनी स्थलका रुपमा सामुदायिक भवन प्रयोगमा आएको छ ।
जन्तीलुङग घुमफिर गरेपछि पर्यटकहरु मरामकोट पनि पुग्दछन् । जन्तीलुङग र मरामकोट दुबै गाउँ मगर संस्कृति र सभ्यता बोकेको गाउँ हो । मरामकोट गाउँ समुद्रीक सतहदेखि एक हजार दुईसय मीटर उचाइँमा पर्दछ ।

मरामकोट गाउँ हेर्दैमा सुन्दर र मनमोहक छ । सबै मगर जातीको बसोवास भएको मरामकोट गाउँमा ५५ घर धुरी रहेको छ । मरामकोट गाउँमा खाम्चा, दर्लामी, आले मगरहरुको सख्या धेरै छ । गाउँमा तीन पुस्ता सम्म छुट्टीभिन्न नभएर एउटै घरमा बस्ने गरेको पनि भेटिन्छन् । मरामकोट गाउँमा तीन पुस्ता सम्म एउटै चुल्होमा खाना पकाएर खाने पारिवारिक मिलनको नमूना पनि देख्न सकिन्छ । मरामकोट गाउँबाट हेर्दा उत्तरतिर मौसम सफा भएको बेला हिमाली श्रृखलाहरु को मनमोहक दृष्य देख्न सकिन्छ ।

मरामकोटको नाउ मगर भाषाबाट आएको हो । मरान्च शब्द मगर भाषामा रमाईलो अर्थ लाग्दछ । कोट भन्नाले हातहतियार राख्ने ठाउँ हो । मरान्चबाट बोल्ने क्रममा मराम हुन गएको हो । मरामकोटको मौसम प्रायः चिसो हुन्छ । मरामकोट गाउँमा साउन भदौमा पनि राती सिरक ओढ्नु पर्दछ । गाउँमा होमस्टे सन्चालन भएको छ । फोटा खिच्नको लागि भ्यू प्वाइन्ट बनेको छ । मरामकोट गाउँमा मिराङलुङग पहाड पर्दछ । जुन पहाड मरामकोट जाने पर्यटकहरुलाई आकर्षण केन्द्र बनेको छ । मगर भाषामा मिराङ भनेको सिङ र लुङ भनेको ढुङगा भन्ने अर्थ हुन्छ । अर्थात सजिलोगरी बुझनको लागि जनावरका सिङ जस्तै आकार भएको ढुङ्गा भन्ने अर्थ लाग्छ । पर्यटकलाई आकर्षित गर्नका लागि मिराङलुङगमा फलामको रेलिङ राखिएको छ । मरामकोट गाउँमा पर्यटक भित्राउन पुर्वाधारको विकास थपिदै गएको छ ।

आफ्नै मौलिक संस्कार संस्कृति रहेका मगर जातिको आफ्नै भेष भुषा, भाषा, धर्म, संस्कार र सांस्कारिक पद्धति रहेको छ । जन्तीलुङग र मरामकोट गाउँमा बुढापाकाले अझैपनि पुरुषहरुले भोटो–कछाडसँगै निलो पटुकी र भाङग्रा, शीरमा टोपी र महिलाहरुले मखमली चोली, छिटको गुन्यु, टिकिस, पहेँलो र निलो पटुकी, गलामा पहेँलो र हरियो पोते साथैमा कण्ठमाला र मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी र ढुंग्री, नाकमा बुलाकी लगाउने गर्दछन् । शहर बजार देखि गाउँमा पुगेका युवा पर्यटकहरु गाउँलेहरको यस्ता मगर जातीको पहिरन लेख्दा अचम्म मान्दछन् । कोहि उनिहरुसंग सेल्फि लिन पुग्छन् भने कतिले त उनिहरुकै पहिरनमा फोटो समेत खिचाउछन् ।

जन्तीलुङग र मरामकोट घुमफिरको लागि जाने पर्यटकहरुले खास गरी प्राकृतिक दृष्यावलोकन र मगर जातीको सस्कृतिको अध्यन अनुसन्धान गर्न रुचाउछन् । मगर जाति भुमिपुत्र अर्थात प्रकृतिका पुजारी हुन । मगर जातीहरु खासगरी नेपालका ७७ वटै जिल्लामा बसोबास गर्दछन् । तर, विशेष गरी बाग्लुङ, म्याग्दी, तनहुँ, पाल्पा, नवलपरासी, प्युठान र रोल्पा रुकुम जिल्लामा मगरहरुको बाहुल्यता रहेको छ । उनीहरुको आफ्नै मौलिक सामाजिक परम्परा, भाषा, रहन सहन, चालचलन, भेषभूषा तथा रीतिरिवाज हुन्छ । मगर समुदाय भाषागत आधारमा तीन प्रकारमा बाँडिएको हुन्छ । कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको मगर खाम बोल्ने मगर र डोल्पा जिल्लाका मगर काइके बोल्ने मगरहरुमा पर्दछन । पहिचानको लागि गण्डकी पूर्वलाई बाह्र मगरात र पश्चिमलाई अठार मगरात भनेर चिनिन्छ । बाह्र मगरातका मगरहरुको मुख्य थर थापा, राना र आले हो भने अठार मगरातका मगरहरुको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो । यसैगरी डोल्पा क्षेत्रमा बसोवास गर्ने काइके मगरहरुको थर बुढा, रोका र घर्ती हुन्छ । मगर जातिको मुख्य थरहरु थापा, राना,आले, पुन, रोका, घर्ती, बुढा भएपनि धेरै उपथरहरु मगर जाती मा पाइन्छ । जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिबासी जनजातिहरुको हकमा प्रथम श्रेणीमा मगर समुदाय पर्दछन् ।

मगर भाषा तीन किसिमका छन् । मगर ढुट, मगर खाम÷पाङ र मगर काइके । यी मध्ये मगर ढुटबोल्ने मगर धेरै छन् । ढुटबोल्ने भाषा बोल्ने मगरहरु पाल्पा, स्याङजा, तनहुँ, नवलपरासी गोरखा जिल्लामा छन् । मगर खाम÷पाङ विशेष गरी रोल्पा, रुकुम जिल्लाका मगरहरुले बोल्ने गर्दछन् । सबभन्दा कम मगरहरुले बोल्ने मगर भाषा काइके हो । जुन डोल्पाको सहरतारा, टुपतारा र ताराकोट तीन गाउँमा बोल्ने गरिन्छ । मगरहरु आफ्नै भाषा का अलावा नेपाली भाषा पनि बोल्दछन । प्रा।केशरजंग बरालले लेख्नु भएको पाल्पा तनहूँ र स्याङजाका मगरहरुको संस्कृति नामक किताब अनुसार मगर जातीको विभिन्न थर उपथरहरु जम्मा १११३ रहेको छ । मगर समुदायमा प्रकृतिसँग सम्बन्धित लोक चाडपर्वहरु मा भूम्या, माघे, राँखे–झाँक्री मेला, चण्डीपूर्णे प्रचलनमा छन् । मगरहरुको मौलिक नाचहरु विशेषत गरी सोरठी, मारुनी, घाँटु, कौरा, हुर्रा हुन् ।

नेपालमा बाईसी र चौबीसी राज्यहरु हुँदा पाल्पाको बल्ढेङगढी चौबीसी राज्य अन्तरगतको एक मगर राज्य थियो । पाल्पाका राजा मुकुन्दसेनले बल्ढेङगढीलाई आफ्नो अधीनमा पारेपछि लडाकु मगरसेनालाई आफ्नो सेनामा समायोजन गरेका थिए । अहिले पश्चिम पाल्पाको रैनादेबीछहरा गाउँपालिकामा पर्ने बल्ढेङ्गगढी ऐतिहासिक पुरातात्विक क्षेत्र हो । चौधौं शताब्दीको प्राचिनकालिन स्वर्णिम मगर राज्यको राजधानी वलिहाङ्गगढी दरबार संरक्षणको अभाबमा भग्नावशेषमा परिणत हुँदैछ भने प्रचारप्रसारको अभावमा पर्यटहरु पुग्न सकेका छैनन ।

तानसेन देखि दक्षिण पश्चिममा पर्ने तिनाउ गाँउपालिका ग्रामीण पर्यटनको लागि रमणिय स्थल मानिन्छ । मगर जातीको इतिहास, कला, सँस्कृति र सभ्यतामा समेत धनि रहेको छ । तिनाउँ गाउँपालिका साविकका कचल, दोभान, कोलडाडाँ र मस्यामको भूगोल पर्दछ । जन्तीलुंङग र मरामकोटको घुमफिर पछि ग्रामीण पर्यटकहरुले तिनाउको रिङसिङलेक, पाटन, ठुली उदाङ, हात्तिलेक, सत्यवतीताल, सुकेताल, जितगढी, नुवाकोट सिद्धबाबा मन्दिरजस्ता ठाउँमा पनि घुमफिर गर्न सक्दछन् ।


प्रकाशित : २०७८ असार ५, शनिबार १०:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech