भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु , १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क खोप दिइने

[sharethis-inline-buttons]

भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु भएको छ । यो अभियानमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क खोप दिइने भारत सरकारले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई निःशुल्क खोप लगाउन अभियान थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ नीति अनुसार यो खोप अभियानको सबै खर्च केन्द्र सरकारले ब्यहोर्ने छ । निजी अस्पतालले भने कोरोना विरुद्धको खोपका लागि तोकिएको शुल्क तिर्नु पर्ने छ । खोप उत्पादक कम्पनीले उत्पादन गरेको खोपमध्ये ७५ प्रतिशत केन्द्र सरकारले खरिद गर्ने छ र विभिन्न राज्यमा निःशुल्क वितरण गरिने छ । भारतले यही वर्षभित्र १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । यो उमेर समूहमा ९० देखि ९५ लाख व्यक्ति रहेका छन् । अहिले हरेक दिन औसतमा ३० लाख नागरिकले खोप पाउने गरेका छन् ।


प्रकाशित : २०७८ असार ७, सोमबार ०९:११