रूपन्देहीमा भोलिदेखि जोर बिजोर गरी निजी गाडी चल्ने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

तिलोत्तमाअसार ७,

रुपन्देहीमा भोली मंगलबारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ ।

आज बसेको जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको बैठकले निजी सवारी साधन चल्न पाउने गरी निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो ।

तर, सवारी साधन चल्दा जोर–बिजोर प्रणाली अनुसार चल्नुपर्ने जिल्ला प्रसासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले बताए । जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन चलाउन पर्ने छ । सार्वजनिक सवारी साधन भनेअझै खुला भएको छैन ।’

यस्तै डीसीसीएमसीको बैठकले मंगलबार सबै सरकारी कार्यालय खोल्ने निर्णय पनि गरेको छ । यस अघि अत्यावश्यक कार्यालयहरु मात्र खुलेका थिए ।
कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा खुकुलो गरिएको थियो । मंगलबारबाट निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय भएको हो ।


प्रकाशित : २०७८ असार ७, सोमबार ११:१४