भारतमा कोरोनाको कारण ३ लाख ९४ हजार मानिसको मृत्यु ।।

ByLumbini Darpan Online

१२ असार २०७८, शनिबार १३:३९ १२ असार २०७८, शनिबार १३:३९ १२ असार २०७८, शनिबार १३:३९

भारतमा कोरोनाको कारण ३ लाख ९४ हजार मानिसको मृत्यु भएको छ । भारतमा हाल सम्म ३ करोड १८ लाख ३ हजार मानिस सङ्क्रमित भएका छन् । जसमध्ये २ करोड ९१ लाख ९३ हजार मानिसहरु उपचार पछि स्वस्थ भएका छन् । भारतमा पछिल्लो केही हप्ता यता कोरोनाको सङ्क्रमण घटिरहेको छ । दैनिक ४ लाख सङ्क्रमितको सङ्ख्या पुगेको भारतमा अहिले दैनिक सङ्क्रमणको र दैनिक ५० हजार आसपासमा रहेको छ । भारतमा मृत्यु हुने दर पनि बिस्तारै घटिरहेको छ । विश्वभरि नै कोरोनाको कारण ३९ लाख २६ हजार ९ सय ७७ जनाको मृत्यु भएको छ भने १८ करोड १२ लाख ५९ हजार मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका मध्ये विश्वभरि नै १६ करोड ५८ लाख ३६ हजार मानिसहरु उपचार पछि स्वस्थ भएका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *