पाल्पामा पनि विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवश

ByLumbini Darpan Online

१५ असार २०७८, मंगलवार १३:०२ १५ असार २०७८, मंगलवार १३:०२ १५ असार २०७८, मंगलवार १३:०२

कृष्ण पोखरेल पाल्पा १५ असार
पाल्पामा पनि विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवश मनाईएको छ । तानसेन नगरपालिका र कृषि ज्ञान केन्द्र पाल्पाको संयुक्त आयोजनामा माडी फाँटमा धान रोपेर धान दिवश मनाईएको हो । तानसेन नगरपालिकाका उप प्रमुख लक्ष्मीदेवी पाठकको नेतृत्वमा, माधवी कृषि महिला समुहको सहभागितामा खेतमै धान रोप्दै असारे गित गाउँदै माडी फाँटमा धान दिवश मनाईएको हो । धान दिवशको अवशरमा खेताला तथा सहभागीहरु लाई दही चिउरा, पुवा अचार खुवाएर अतिथी सत्कार गरिएको थियो । धान दिवशको अवशरमा तानसेन नगरपालिकाकाी उप प्रमुख लक्ष्मीदेवी पाठक, वडा नंं ९ का वडा अध्यक्ष हरी सुमर रेग्मी, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमु्ख शिव अर्याल, दमकडा माध्यमिक विधालयका प्रधानाध्यापक मदन सापकोटा, मदनपोखरा बहु प्राविधिक शिक्षालयका प्रिन्सिपल संजय यादव लगायतका टोली धान रोपाईमा सहभागी भएका थिए । तानसेन नगरपालिकाकी उप प्रमुख पाठकले तानसेनको माडी, अर्गली छेरलुङ्गमा चक्लाबन्दी कार्यक्रम मार्फत उत्पादनमा बृद्धि गर्ने, तिनवटै फाँटमा १२ महिना प्रशस्त सिंचाईको व्यबस्था गर्न लुम्विनी प्रदेश सरकार संग आवश्यक समन्वयको काम भईरहेको बताईन । कार्यक्रममा कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले पाल्पामा अहिले सम्म ५० प्रतिशत रोपाई सकिएको, र पर्याप्त मात्रामा मल रहेकोले यस बर्षपनि धानको उत्पादनमा बृद्धि हुने बताए । पाल्पामा ३६ हजार ५ सय ३७ हेक्टरमा खेती हुदै आएकोमा ८ हजार ६ सय २० हेक्टरमा बर्षेधान, ७ सय ५ हेक्टरमा चैते धान र २७ हजार २ सय १२ हेक्टरमा अन्य खेती हुदै आएको छ । यसैविच राष्ट्रिय धान दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना दिनुभएको छ । दिवसका अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री पोखरेलले धानको व्यवसायीकरणको माध्यमबाट रोजगारीको श्रृजना एंव धान चामल निर्यात गर्ने रणनीतिका साथ प्रदेश सरकार योजनाबद्ध रुपमा अघि बढिरहेको बताउनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *