कोरोनाले धाराशायी बनाएको नीजि क्षेत्रलाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्न उद्योगीहरुको माग

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल, १५ असार ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना महामारीबाट प्रभावित व्यबसायलाई गत बैशाख १६ देखि निषेधाज्ञा समाप्त भएको मितिदेखि ६ महिना समयावधिको कर्जाको व्याज पुँजीकरण गरि कर्जाको पुनसंरचना र पुनतालिकिकरण गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।अन्यको लागि गत बैशाख १६ गतेदेखि निषेधाज्ञा समाप्त भएको मितिबाट तीन महिनाको व्याज पुँजीकरण गर्दै कर्जाको पुनसंरचना र पुनतालिकिकरण गरि मौद्रिक नीतिमा समावेश गर्नुपर्ने सुझाव सहित बुटवल उद्योग बाणिज्य संघले मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई सुझाव पठाएको हो ।नेपाल राष्ट्र बैंकले आगामी साउनको पहिलो साता ल्याउने गरी मौद्रिक नीतिको तयारी गरिरहँदा संघले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सुदिप फुयाँल मार्फत गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव पठाएको हो । त्यस अवसरमा कार्यालय प्रमुख फुयालले प्राप्त सुझावहरु समयसान्दर्भिक रहेको र तत्कालै नेपाल राष्ट्र बैंकमा पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित : २०७८ असार १५, मंगलवार १३:५१