परासी, १६ असार :
गएरातिदेखि परेकाे पानीले डाइभर्सन बगाउंदा बुटवल- नारायणगढ सडक खण्ड बिहानदेखि अवरुद्ध बनेकाे छ । साे सडक खण्ड अन्तरगत पर्ने पश्चिम नवलपरासीकाे सुनवलस्थित बडेरा र ज्यामिरेमा बनाईएकाे डाइभर्सन खहरे खाेलामा आएकाे बाढीले बगाएकाे हाे । सडक विस्तारका क्रममा ती स्थानमा पुल निर्माण भई रहेकाे छ । त्यसक्रममा बनाइएका डाइभर्सन बगाएकाे हाे । अवरूद्ध सडककाे डाइभर्सन बनाउने काम भइरहेकाे र पानी नपरे २ बजेभित्र सडक सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए । राजमार्ग भएर पूर्व पश्चिम जाने सवारीसाधनलाई भैरहवा परासी सडक हुँदै आवतजावत गराइएकाे जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मनाेज कुमार यादवले जानकारी दिए ।



प्रकाशित : २०७८ असार १६, बुधबार १४:३६

















