अदालतको आदेशपछि ओमसतिया गाउँपालिकाको बजेट अनिश्चित

[sharethis-inline-buttons]

बुटवल असार १६।
आन्तरिक विवादका कारण सार्वजनिक हुन नसकेको रुपन्देहीको ओमसतिया गाउँपालिकालको बजेट थप अनिश्चित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले ओमसतियाको तत्काल गाउँसभा नगर्न आदेश दिएसँगै बजेट अनिश्चित भएको हो ।
गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल) ले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट हिउँदे गाउँसभामा पारित नगरी करोडौं रुपियाँको योजना गाउँसभाको निर्णय विपरीत स्वेच्छाचारी ढंगले ल्याउन खोजेको भन्दै वडाध्यक्षहरुले गाउँसभा रोक्न अदालतमा रिट निवेदन दिएका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शिवराज अधिकारीको एकल इजलासले आगामी असार २३ गते दुवै पक्षलाई छलफलको लागि उपस्थित हुन सूचना दिनुको साथै २३ गतेसम्म गाउँसभा नगर्न आदेश दिएको हो ।
गाउँपालिका कार्यालयसहित तीनजनालाई विपक्षी बनाई बेलबहादुर बराल मगर निवेदक रहेको उक्त रिट निवेदनमाथि भएको बहसपछि उच्च अदालतले यस्तो आदेश दिएको हो ।
गाउँपालिकाका छ वटै वडाका अध्यक्षहरुले गाउँपालिका अध्यक्ष केवटले मनोमानी गरेको भन्दै गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका थिए ।
अहिले अन्तिम बजेट भएको भन्दै वडा अध्यक्षहरु निर्धारित बजेटको अधिकांश रकम मागेपछि असार १० गते ओमसतियाको गाउँसभा नै प्रभावित बनेको थियो


प्रकाशित : २०७८ असार १६, बुधबार ११:१५