बुटवल – नारायणगढ सडक खुल्याे

[sharethis-inline-buttons]
परासी, १६ असार  :
बिहानदेखि अवरुद्ध बनेकाे बुटवल-नारायणगढ  सडक खण्ड सांझदेखि सञ्चालनमा आएकाे छ । गएरातिदेखि परेकाे पानीले साे सडक खण्ड अन्तरगत पर्ने पश्चिम नवलपरासीकाे सुनवलस्थित बडेरा, वनकट्टी र ज्यामिरेमा बनाईएकाे डाइभर्सन खहरे खाेलामा आएकाे बाढीले बगाएकाे थियाे । सञ्चालनमा आाएकाे डाइभर्सनबाट ठूला लाेड गाडीबाहेक अन्यलाई आवतजावत गर्न दिईएकाे पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए । डाइभर्सनमा राखिएकाे ग्राभेल दब्न सक्ने भएकाले हलुका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइएकाे र लाेड गाडीहरू भाेलिबाट मात्रै आवतजावत गर्न दिईने लामाले बताए ।
 राजमार्ग भएर पूर्व पश्चिम जाने भारी सवारीसाधनलाई भैरहवा परासी सडक हुँदै आवतजावत गराइएकाे प्रहरीले जनाएकाे छ ।


प्रकाशित : २०७८ असार १६, बुधबार १३:२६