मणिग्राम ,असार १८
प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अब आलुमा आत्मनिर्भर हुने निश्चीत भएको छ । तिलोत्तमा नगरपालिका र युएनडिपीको संयुक्त अनुदान सहयोग र प्रगतिशिल महिला विकास बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेडको व्यवस्थापनमा संचालित ब्यबसायीक आलु उत्पादन एवं बिऊ वृद्धि कार्यक्रम अन्तर्गत अहिलेको सिजनमा आलु उत्पादन सुरु भए पछी नगरमा आलु उत्पादन आत्मनिर्भरता तर्फ अघि बढेको हो । सो कार्यको अगुवाई गर्ने प्रगतिशिल महिला विकास बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेड र सहयोग गर्ने युएनडिपी लाइ नगरप्रमुख बासुदेव घिमिरेले धन्यबाद दिनु भएको छ । सहकारी संस्थाले नगरपालिका र युएनडिपीको संयुक्त अनुदान सहयोगमा आगामी बर्षको लागि विभिन्न समूहहरूको ९९० क्विन्टल आलु विऊ शितभण्डारण गरेको भन्दै नगर प्रमुख घिमिरेले सामाजिक सन्जाल मार्फत आगामी सिजनमा तिलोत्तमा आलुमा आत्मनिर्भर हुने बिश्वास ब्यत्त गर्नु भएको छ ।

शीतभण्डारमा राखिएको हालको सिजनको आलुले बिउको रुपमा प्रति कठ्ठा ५० कि.ग्रा.का दरले रोप्दा ९९ बिघाहलाई पुग्ने र त्यसबाट करिब १९८०० क्विन्टल आलु उत्पादन हुने अनुमान गरिएको छ । सो बिउ मार्फत उत्पादन हुने आलुले नगरपालीका आलुमा आत्मनिर्भर हुनेछ । अहिलेको सिजनमा तिलोत्तमा नगरपालिका र युएनडिपीको आर्थिक तथा प्राबिधिक सहयोगमा नगर भित्रका १० वटा वडाको ६२ बिगाहा क्षेत्रपÞmलमा किसानहरुले सामुहिक तथा एकल आलु खेति गरेको प्रगतिशिल महिला विकास बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेड तिलोत्तमा–१० बेवेरीका ब्यबस्थापक जमुना गीरीले बताउनु भयो । परम्परागत खेति गर्दै आएका तिलोत्तमाका किसानहरु अहिले प्रविधियुक्त आधुनिक आलुखेती तर्फ उत्साहित देखिएको र परियोजना पुन सुरु हुने भएपछी आफुहरु थप उत्साहीत भएको गीरीले बताउनु भयो । सहकारीकी अध्यक्ष सिता न्यौपानेले तिलोत्तमा नगरका ४,६,७,८,१०,१२,१६ मा लगाइएको आलु किसानहरुको लागि बरदान सिद्ध भएको भन्दै आगामी दिनमा आफुहरु थप सक्रीयताका साथ लाग्ने बताउनु भयो ।

अध्यक्ष न्यौपानेले तिलोत्तमा नगरपालिका र युएनडिपीको आर्थिक तथा प्राबिधिक सहयोगमा शुरु गरिएको सो आलु खेतीबाट उत्पादित आलुलाई शीतभण्डारका लागि नगरपालिकाले थप सहयोग गरको बताउनु भयो । दुर्गा मन्दिर अन्नबाली कृषक समुह तिलोत्तमा–१० कान्छीबजारका अध्यक्ष बिक्रम केसीले कृषकको मेहनत र उर्जाले आलुखेतीबारे आफुहरु अझ उत्साहित र जागरुक बनेको प्रतिक्रिया दिनु भएको छ । गत सिजनमा चाक्लाबन्दीबाट गरिएको खेतीको २० वटा समुहले तथा कृषकले समेत गरि ६२बिगाहा जमीनमा आलु खेति गरिएको थियो ।




















